Hamro-Mobile-APP

आफ्नो आलोचना गर्नेको मुख थुन्दै मिना ढकाल

 शुक्रबार, जेष्ठ ११, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल/ काठमाडौं

गायिका मिना ढकालको “म हुँ नेपाली छोरी” बोलको गीत बजारमा आएको छ । मिना ढकालले गाएको पहिलो गीतले समर्थन भन्दा बढि आलोचना पाएको थियो ।
भर्खरै बजारमा आएको “म हुँ नेपाली छोरी” बोलको गीतले पहिलो गीतमा आफ्नो आलोचना गर्नेहरुको मुख बन्द हुने बताएकी छन् । मिनाले गाएको पहिलो गीतको बारेमा धेरै आलोचना भए पनि उनले हरेस् भने खाइनन्, ।
‘म हुँ नेपालकी छोरी’ बोलको यो गीत उनी आफैंले लेखेकी हुन् । यस अर्थमा उनी गायिकामात्र नभएर गीतकार पनि बनेकी छिन् ।
पहिलो गीतमा मोडलिङ समेत आफैंले गरेकी मिनाले दोस्रो गीतमा सोनिका रोकायालाई मोडलिङ गराएकी छन् ।
यो गीतले आफ्नो आलोचकहरुको मुख बन्द गर्ने दावी छ मिनाको । मिनाले चाँडै तिज गीत गाउने समेत तयारी गरेको बताएकी छन् ।

प्रतिकृया

Add