Hamro-Mobile-APP

आरजु म्याम सुटुक्क किन पुगिन् दिल्ली ?

 सोमवार, पुस ३, २०७४ | onlinenews

बावगठबन्धनका अगाडि कांग्रेसका उम्मेदवार निरीह हुने अनुमानबीच प्रधानमन्त्री शेरबहादुर देउवाकी शक्तिशाली पत्नी आरजु राणा देउवाले जित्ने विश्वास ब्यक्त गरेकी थिईन् ।

आफ्नो जितमा पुर्णरुपमा विश्वस्त देखिएकी उनले आफुलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्दै मत मागे पनि उनको भागमा अन्ततः उही पराजय नै पर्यो ।

चुनावी हारपछि विछिप्तप्रायः बनेकी तिनै आरजु धनगढी, महेन्द्रनगर र बनवासा हुँदै सुटुक्क भारतको नयाँ दिल्ली पुगेर फर्केको खबर छ ।

स्रोतका अनुसार, ०७४ मंसिर २३ गते आरजु धनगढीबाट वनवासा हुँदै नयाँ दिल्ली पुगेकी हुन् ।

एमालेका नारदमुनि रानासंग फराकिलो मतान्तरमा पराजित भएकी आरजु हारको पीडा सहन नसकेर हो या अरु कुनै कारणले त्यता लागिन् रु, यो खबर आजको साँघु साप्ताहिकले लेखेको छ ।

प्रतिकृया

Add