इन्डोनेसिको सुनामीमा ज्यान गुमाउनेको संख्या ३ सय ७३ पुग्यो

 मङ्लबार, पुस १०, २०७५ | onlinenews
Share this

इन्डोनेसियामा शनिबार आएको सुनामीमा ज्यान गुमाउनेको संख्या ३७३ पुगेको छ । ज्यान गुमाउनेको संख्या अझै बढ्ने आशंका गरिएको छ । प्रभावित क्षेत्रमा हराएका मानिसहरुको खोजी कार्य भैरहेको छ ।
इण्डोनेसिया सरकारका अनुसार सुनामी पछि कम्तीमा १४ सयभन्दा बढी घाइते भएका छन् भने १२८ जना मानिस हराइरहेका छन् ।
सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको यी इलाकामा अहिले पनि आपतकालीन सेवा प¥याउने कोसिस जारी छ ।
इन्डोनेसियाको क्रेकातोआमा ज्वालामुखी अझै पनि सक्रिय अवस्था रहेकाले फेरि नयाँ सुनामी आउन सक्ने चेतावनी दिइएको छ । नयाँ सुनामी आउन सक्ने चेतावनी दिँदै त्यहाँ आसपासका तटीय इलाकामा बसोबास गर्ने मानिसहरुलाई अन्यत्र जानका लागि आग्रह पनि गरिएको छ ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *