एक वर्षभित्र मन्थलीमा जगदीश संग्रहालय बन्छः बस्नेत

 सोमवार, पुस २८, २०७६ | onlinenews
Share this

रामेछाप– मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले पत्रकार, साहित्यकार तथा समाजसेवि स्वर्गीय जगदीश घिमिरेको नामबाट मन्थलीमा संग्रहालय स्थापना गर्ने बताएका छन् ।
स्वर्गीय घिमिरेले पु¥याएको योगदानले रामेछाप जिल्ला र मन्थली नगरबासीले सहज रुपमा स्वास्थ्य सेवा पाएको भन्दै उनको योगदानको कदर स्वरुप संग्रहालय स्थापना गर्ने नगर प्रमुख बस्नेतले प्रतिवद्धता जनाए । अर्को वर्षभित्र संग्रहालय निर्माण गरिसक्ने पनि बस्नेतले बताएका छन् ।
घिमिरेको योगदानको कदर गर्न रामेछाप जिल्लालाई तीन लालको जिल्ला नभई चार लालको जिल्लाको रुपमा चिनाउनु पर्ने नगर प्रमुख बस्नेतको भनाई छ । जगदीश घिमिरे प्रतिष्ठानले आयोजना गरेको छैठौं साहित्यिक सभा तथा सम्मान कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साहित्कि सम्मेलनको अवसरमा तिलगंगा आँखा अस्पतालका डा. सन्दुक रुइतलाई जगदीश घिमिरे स्मृति पुरस्कार प्रदान गरिएको छ ।
विगत ५ दशकदेखि चिकित्सा क्षेत्रमा रहि राष्ट्रिय अन्तर्राष्टिय क्षेत्रमा समेत ख्याती कमाएका साथै सामाजिक क्षेत्रमा समर्पित भई नेपालको राष्ट्रको गरिमा बनाउन योगदान पु¥याएका डा. रुइतलाई विशिष्ट नेत्र चिकित्सकको रुपमा सम्मान गरिएको हो । कार्यक्रम जगदीश घिमिरे प्रतिष्ठानको अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *