Hamro-Mobile-APP

एमाले रामेछापका अध्यक्षमा श्रेष्ठ

 आइतवार, पुस २५, २०७८ | onlinenews

रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्षमा आनन्दकुमार श्रेष्ठ सर्वसम्मत भएका छन् । आठौं जिल्ला अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । जिल्ला अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराए पनि दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ अध्यक्ष बनेका हुन् । अध्यक्षका दुइजना उम्मेदवार झम्क कँडेल र प्रेमबहादुर तामाङले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।

प्रतिकृया

Add