Hamro-Mobile-APP

एमाले रामेछापको आठौँ अधिवेशनः मत परिणाम आउने क्रम जारी

 सोमवार, पुस २६, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । नेकपा एमाले रामेछापको आठौँ अधिवेशन अन्तर्गत विभिन्न पदमा भएको निर्वाचनको मतपरिणा आउने क्रमम जारी छ । अध्यक्ष बाहेकका पदामा निर्वाच भएको थियो । अध्यक्षमा आनन्द श्रेष्ठ सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्षमा इन्द्रबहादुर तामाङ, सचिव– पुरुषोत्तम कडेरिया, उपसचिव– होतराज ढकाल र प्रकाशकुमार कार्की विजयी भएका छन् ।
सचिव पदमा गोपाल श्रेष्ठलाई पराजित गर्दै पुरुषोत्तम कडरिया विजयी भएका हुन् । उप–सचिवमा प्रकाशकुमार कार्की र होतराज ढकाल विजयी हुदा चन्द्रबहादुर मानन्धर, केशवकुमार प्रधान र  इन्द्रबहादुर मानन्धर पराजित भएका छन् ।
भूगोल, खुल्ला, जनजाति, दलित सदस्य पदका लागि भएको निर्वाचनको मत परिणामा आउनेक्रम जारी रहेको श्रोतले जनाएको छ । ९० खुल्ला सदस्यको लागि करिब २ सय जनाको उम्मेदवारी परेको थियो । दुई वटा नगरपालिका र ६ वटा गाउँपालिकाका ६४ वडाबा, विभिन्न विभाग र जनवर्गीय सङ्गठनबाट गरी ८ सय १४ जना मतदाता सहभागी थिए ।

प्रतिकृया

Add