Hamro-Mobile-APP

चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुईको मृत्यु, ४ गम्भीर घाइते

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

चितवन– पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर छ ।
मृत्यु हुनेमा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी सुशिलसिंह राठौडका अनुसार घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको थियो ।

प्रतिकृया

Add