Hamro-Mobile-APP

जनताको चाहना र श्रमजीवि वर्गको आस्थालाई सगरमाथाको टुप्पोबाट अझ उचाईमा पु¥याउन सकौंः पेमा लामा

 सोमवार, भदौ ४, २०७५ | onlinenews

नेकपा रामेछापका नेता पेमा लामासँग गरिएको कुराकानी प्रस्तुत छ :

 नेपाली राजनीतिमा पछिल्लो पटक विकशीत भइरहेको घटना क्रमलाई कसरी लिनुभएको छ ?

हाम्रो अध्यक्षद्धय कमरेड केपी ओली र कमरेड पुष्पकमल दाहाल प्रचण्ड ज्यूले देश र जनता विशेषतः श्रमिक वर्गको चाहनालाई ध्यानमा राखेर दुई विशाल कम्युनिष्ट पार्टीहरुलाई एक बनाउनु भयो । त्यसलाई जनताले रुचाएको छ भन्ने कुरा गत प्रदेश र संघको निर्वाचनको परिणामले पनि प्रष्ट पारेको छ । यो पछिल्लो गतिविधिलाई हेर्दाखेरी हाम्रो अध्यक्षले नेपालको श्रमजीवि वर्गको प्रतिनिधित्व गर्ने पार्टीलाई एउटा बनाएर नेपालको श्रमजीवि वर्ग र विश्वका श्रमजीवि वर्गलाई एउटा आशाको दीयो जगाएको छ ।

 प्रदेश र संघको निर्वाचनमा दुई पार्टी मोर्चा बनाए लडे, अहिले पार्टी एकता पनि भएको छ । पार्टी एकताले जनतामा कस्तो प्रभाव पारेको छ ? नेताको हैसियतले कसरी मूल्यांकन गर्नुभएको छ ?

निर्वाचनमा जनताले हाम्रो पार्टीको मोर्चालाई दुईतिहाईको बहुमत दिएर पार्टी एकतालाई अनुमोदन गरिसकेको छ । नेपाली जनताले कम्युनिष्ट विचार राख्ने पार्टीहरुलाई मन पराएको छ भन्ने कुरा जनताको पछिल्लो जनमतले प्रष्ट पारेको छ ।
 दुई ठूला पार्टीबीचको एकता केन्द्रमा भए पनि जिल्लाहरुमा ढिलाई भइरहेको छ । जिल्लाहरुमा एकता हुन किन ढिलाई भइरहेको छ ?

हिजो एउटै पार्टी हुँदा पनि धेरै समस्या थिए । गुटउपगुट, धेरै नेता भएपछि धेरै आकांक्षी हुने हिजो पनि थियो । आज दुई ठूला पार्टी एकता हुँदा झन धेरै नेता कार्यकर्ताहरुको ब्यवस्थापनको समस्या पनि छ एक । दोश्रो कुरा हरेक जिल्लाहरुमा हिजोको पार्टीको आफ्नो प्रभाव क्षेत्रलाई पनि नेताहरुले ध्यान दिएको जस्तो लाग्छ । अरु जिल्लामा के भइरहेको छ ठ्याक्कै मैले थाहा पाएको छैत्र । तर, हाम्रो जिल्लाको सन्दर्भमा हामीले १३५ सदस्यी जिल्ला कमिटी बनाइसकेका छौं ।

 भनेपछि यहाँको जिल्ला कमिटी बनिसकेको छ । घोषणा हुनमात्र बाँकी हो ?

कार्यदलमा रहेको हाम्रा जो नेता साथीहरु हुनुहुन्छ, उहाँहरुले औचारिक रुपमा दुई पार्टीबाट बनेको १३५ सदस्यीय जिल्ला कार्यसमितिको नामावली पेश गरिसक्नु भएको छ । मलाई लाग्छ चाडै माथिल्लो कार्यदलले हाम्रो जिल्लाको पदाधिकारी र सचिवालय चयनदेखि लिएर सबै ब्यवस्थापन गर्नु हुनेछ भन्ने आशा गरेको छौ । किनभने हाम्रो तर्फबाट गर्नुपर्ने काम हामीले गरिसकेका छौं ।

 पेमा सर ! हिजो छुट्टाछुट्टै पार्टी हुँदा पनि नेतृत्व विवाद थिंदैथियो । अहिले झन ठूलो पार्टी तर सानो संगठन बन्दाखेरी पुराना धेरै कार्यकर्ताहरु पाखा लाग्ने भए भन्ने गुनासो पनि छ दुवै पार्टीमा यसमा के भन्नु हुन्छ ?

हामीलाई हिजोको एकताको पनि अनुभव छ । हिजो नेकपा माओवादी थियो, फेरि एकीकृत माओवादी भयो । पछिल्लो समयमा माओवादी केन्द्र बन्यो । त्यो बेला विशाल–विशाल जिल्ला कमिटीहरु हामीले बनाएका थियौं । झण्डै तीन सय सदस्यीय रहेको जिल्ला समितिलाई ३८ र ५१ सदस्यीय संख्यामा ल्याए पनि अभ्यास गरेका थियौं । त्यो हामीलाई विगतको अनुभव छ । अहिले पनि दुई पार्टीबीचमा एकता हुँदा हामीले १३५ सदस्यीय बनाएका छौं । पूर्व माओवादीको मात्रै कुरा गर्दा पनि हिजो झण्डै २ सयको हाराहारीमा रहेको जिल्ला कमिटीलाई ६६ जनामा ल्याउँदाखेरी हाम्रो धेरै क्षमतावान प्रतिभावान साथीहरु छुटेका छन् । यसमा कुनै विवादनै छैन । पूर्व एमालेको पनि ६९ जनामा सीमित गराउँदा उहाँहरुको पनि ठूलो संख्यामा नेता कार्यकर्ताहरु छुटेका छन् । समग्रमा अहिलेको नेपाल कम्युनिष्ट पार्टीको रामेछाप जिल्ला समितिलाई हेर्दा प्रतिभावन, क्षमतावान धेरै लामो त्याग, तपस्या गरेका एकथरी लामो आन्दोलनमा लगेका अर्को लामो जनयुद्धको शृंखला पार गरेर २०६२/०६३ को जनआन्दोलनसँगै शान्ति प्रक्रियामा सम्लग्न भएका धेरै साथीहरु छुटेको छ । धेरै जवस मोर्चाहरु, विभिन्न आयोगहरु, संगठनहरु सबैमा हामीले ब्यवस्थित ढंगले उहाँहरुको संवोधन गर्नुपर्छ भन्ने लाग्छ । तपाईले भनेजस्तै धेरै नेता कार्यकर्ताहरु छुटेको चाहिँ छ नै ।

६. हिजो लामो संघर्षबाट आएका र जीवननै राजनीतिमा विताएका नेताहरु छुट्दा उहाँहरुमाथि एकहिसावले अन्याय नै भयो नि हैन ?

सिट सीमित छ । हिजो २६५ लाई हामीले ३८ र ५१ मा ल्याउँदाखेरी जति साथीहरुलाई हामीले समेट्न सकेनौ नि त्यो त सिटको सीमितता छ । कार्यविधिले तोकिदिएको छ । हिजो हामीले बाध्यताले जसरी ठूलो जम्बो कमिटीलाई ५१ मा ल्यायौं । त्यस्तै अहिले पनि ठूला दुई पार्टीहरुबीचको एकतामा धेरै साथीहरु छुटेका छन् । अन्याय नै त नभनौं, उहाँहरुप्रति न्याय गर्न सकिएन होला । किनभने पार्टीभित्रको एउटा कार्यविधिले तोकेको सीमितता छ । एउटा अंङ्ग त छुटेको छ नै । सायद कतिलाई अन्याय नै भयो होला । त्यसलाई आगामी दिनहरु जिल्ला सम्मेलन, जिल्ला अधिवेशनहरु हुँदा, गाउँ कमिटी, गाउँपालिका, नगरपालिका कमिटी, पार्टीको सल्लाहकार समिति, ज्येष्ठ मञ्च, राष्ट्रिय परिषद, आयोगहरु केन्द्रमा जे–जे छ प्रदेशमा पनि बन्ने कुरा छ, जिल्लामा पनि धेरै आयोगहरु बन्ने कुरा छ । जिल्ला पार्टी बसेर समेट्नु पर्ने साथीहरु को कति छुटेका छन् लिष्ट बनाएर उहाँहरुप्रति न्याय त गर्नैपर्छ ।

 यहाँले भनेजस्तो जीवन नै राजनीतिकमा विताएका नेताहरुलाई राजनीतिक न्याय गर्न सकिएन भने अहिले ठूलो पार्टी त बन्यो तर पार्टी सोचेजस्तो बलियो त नहुन सक्छ नि हैन ?

अहिले नै त्यस्तो नकारात्मक कल्पना नगरौं । हामी सबै मिलेर यो समस्या हल गर्नुपर्छ भन्नेतिर सोच्नु पर्छ ।

 जिल्ला समितिमा पूर्व माओवादी र पूर्व एमालेबाट नेतृत्व चयन गर्नुपर्ने छ । नेतृत्व पार्टीले माथिबाटै तोकेर पठाउँने हो या जिल्ला समितिले चयन गर्छ ?

अहिले आकांक्षीहरु धेरै छन् । दुई ठूला पार्टीमा लामो समय आन्दोलनमा खारिएका, युद्धमा खारिएका, क्रान्तिमा खारिएको साथीहरु छन् । जनताको बीचमा लामो समय बसेर काम गरेको अनुभवि कमरेडहरु हुनुहुन्छ । त्यसो हुँदा आंकाक्षी धेरै जाग्नु त्यसलाई अस्वभाविक मान्नु हुन्न । हामीले जिल्ला पार्टीमा तपाई बस्नुस्, तपाई नबस्नु भन्नु भन्दा पनि माथिल्लो कमिटीबाटै सबै छिनाफानो गरिदिए त्यसको अपजस हामीले लिनु पर्दैन थियो भन्ने लाग्छ ।

 यहाँ पनि एकजना अहिलेसम्मको जीवन नै राजनीतिमा विताएको नेता हुनुहुन्छ । यस्ता अन्य थुप्रै नेताहरु छन् । धेरै नेताहरु एउटै हैसिएको हुँदा पनि यहाँहरुलाई तलबाट नेतृत्व चयन गर्न कठिन भएको छ कि जस्तो देखिन्छ हैन ?

हिजो अलगअलग पार्टीमा बसेर आए पनि आज हामी एउटै कमिटीमा बसेका छौं । हामी एउटै परिवार भएका छौं । ब्यवहारिक रुपमा हामीले तपाई बस्नुस्, तपाई नबस्नुस् भन्न त निकै अप्ठ्यारै छ । समकालिन साथीहरु थुप्रै हुनुहुन्छ । कतिपय प्रतिभाशाली युवाहरु पनि हुनुहुन्छ । अहिलेसम्म जेजति बनेको छ माथिबाटै बनेर आएको छ एकतामा । हामीले कोही साथीहरुलाई तपाई बस्नुस्, तपाई नबस्नुस् भन्न गाह्रो छ । सबै प्रतिभाशाली छन् । सबैको उत्तिकै क्षमता छ । सबैको त्याग उस्तै छ । आन्दोलन, युद्धको अनुभव सबैलाई छ । त्यसलाई माथिल्लो कमिटीले नै विचार गरेर यतिको नेतृत्वको साथीहरुलाई जिम्मेवारी दिंदा राम्रै होला भन्ने माथिबाट गर्दा पनि ठीकै छ । हामी केही पनि गर्दैनौं, तपाईहरु तलैबाट मिलेर आउँनुस् भन्दा पनि १३५ जनाले नेतृत्वको छान्न त्यति अप्ठ्यारो जस्तो लाग्दैन । किनभने विभिन्न पार्टीमा काम गर्दा एकले आर्कोका क्षमताको पहिचान गरिरहेकै छ । त्यसकारण त्यस्तो अप्ठ्यारो हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन ।

जातीय कुरा गर्न खोजेको चाहिँ होइन । रामेछाप जिल्लामा जनजातिहरुको बाहुल्यता भएको जिल्ला चाहिँ हो । केन्द्रीय पार्टी निर्माण गर्दा रामेछापका जनताति नेताहरुमाथि अन्याय भयो भन्ने गुनासाहरु पनि आए छ । यसमा चाहिँ यहाँको भनाई के छ ?

सैद्धान्तिक, राजनैतिक, वैचारिक र दार्शनिक कुरा गर्ने हो भने हामी वर्गका पक्षधरहरु हौं । वर्ग पक्षधरहरुले जतीय कुरा गर्नु हुन्न । त्यसकारण म आर्य खस सम्प्रदायको भएको भए यो भयो भनेर भन्थ्ये । म आपूm पनि जनताति सम्प्रदायकै भएकाले म चाहिँ वर्ग पक्षधरतालाई मान्छु । त्यसमा के कस्तो न्याय भयो, अन्याय भयो रामेछाप जिल्लाको हिजोको युद्ध, संघर्ष आन्दोलन सबैलाई हेर्ने हो भने प्रमुख रुपमा नेतृत्वले के गर्दा सबै भन्दा सुन्दर पार्टी बन्छ भनेर उहाँहरुले कल्पना गर्ने कुरा हो । यो हामीले बनाउने कुरा होइन । त्यसकारण यो जिम्मा चाहिँ माथिल्लो कमिटीहरुलाई लगाउँछु ।

रामेछाप जिल्लाको सन्दर्भमा जनयुद्ध कालमा बेथनमा दिलमायाको बलिदान अनि दोरम्बा हत्याकाण्डमा तत्कालीन जनसरकार प्रमुख बाबुराम लामा लगाएका ठूलो संख्यामा जनजाति नेताहरुले बलिदान गरेको जिल्ला, त्यो हिसावले पनि रामेछापको जनतातिहरुलाई पार्टीले उपेक्षा ग¥यो भन्ने गुनासोहरु आउँने गरेको छ नि ?

मैले तपाईको कुरा बुझेँ । अहिले हाम्रो पार्टी एकताको संक्रमणकाल हो । मलाई लाग्छ आगामी दिनमा जवस मोर्चादेखि सबै कमिटीहरु बनिसकेपछि त्यसलाई पार्टी केन्द्रले ठीक ढङ्गले अन्त्य गर्नुहुने छ । कोहीकोही साथीहरुमा गुनासो रहयो होला । जिल्ला नेतृत्व बनिनसकेको अवस्थामा नेतृत्वको कहाँ गयो कता गयो भनेर टिक्काटिप्पनी गर्दा पार्टी एकतामा त्यति राम्रो नपर्ला कि भन्ने लाग्छ । आगामी दिनमा हाम्रा नेताहरुले, साथीहरुको गुनासो समाधान गर्नुहुन्छ भन्ने लाग्छ ।

दुई ठूला पार्टीहरु अहिले एकता भएको छ । हिजो लडाई झगडा गरेको पार्टीका कार्यकर्ताहरु आज एउटै पार्टी हुँदा, विचार सिद्धान्त मिले पनि मन र भावना चाहिँ मिलेको छैन कि जस्तो देखिन्छ हैन ?

त्यसलाई अन्यथा मान्नु हुन्न । समाज विकासको चरणलाई हेर्दा त्यसलाई अन्यथा सोच्नु पनि हुन्न । हामीले हिजो माओवादीसँग एकता गर्दाको अनुभव पनि धेरै संगालेका छौं । पूर्व माओवादी र पूर्व एमालेबीचको एकता भएर अहिले नेपाल कम्युनिष्ट पार्टी बनेको छ । यसमा पनि धेरै खालका अनुभव संगालेका साथीहरु हुनुहुन्छ । पूर्व एमालेका साथीहरु पनि एकताको धेरै अनुभव संगालेर आउनु भएको छ । पूर्व माओवादीका साथीहरुलाई हेर्दा पनि युद्ध, जनआन्दोलन, फुट एकता, फुट फेरि एकता सबै खालको अनुभव संगालेर आएको छ । त्यसकारण यसलाई अन्यथा लिनुहुन्न । यदि हामीभित्र त्यस्तो खालको समस्या रहयो भने लेनिनवादी सांगठनिक सिद्धान्तलाई अपनाएपछि मलाई लाग्छ हामी सबैको समस्या समाधान हुन्छ ।

 जिल्ला समितिको लागि १३५ सदस्य छानिएको छ । जिल्ला कमिटीमा रहने सदस्यहरु छनौं गर्ने क्रममा कसरी छनौट गरियो । कम्युनिष्ट पार्टीमा जनवाद र केन्द्रीयता भनिन्छ नि, जनवादी रुपमा छलफल भएर छानियो या केही नेताहरुले टपक्क टिपेर लगेका हुन् ?

पूर्व एमालेको साथीहरुले के गर्नुभयो हामीलाई थाहा भएन । रामेछापमा हाम्रो ६६ र उहाँको ६९ गरे १३५ जुटायौ । हामीले चाहिँ दुई तीन वटा मापदण्ड बनायौं । केन्द्रीय सम्मेलन आयोजक समिति, जिल्ला कमिटी, एकता प्रक्रियामा समाहित भएका जिल्ला कमिटीका साथीहरु साथै महिलाहरु लगायतलाई विभिन्न क्लष्टर बनाएर छनौट ग¥यौं । जति जनवादी अभ्यास गर्नुपर्ने हो जति मत संकलन गर्नुपर्ने हो त्यो त गर्न सकिएन नै । किनभने हाम्रो पार्टी एकताको स्वरुप नै केन्द्रबाट एकता हुँदै आयो । जिल्ला सदस्य छनौट गर्दा पनि पूर्व माओवादीको चाहिँ जिल्ला कार्यालय बसेर टुङग्यायौं । हामीले ६६ जनाको नाम टुग्याएका छौं । सकेसम्म सबै वर्ग, क्षेत्र, लिङ्गको प्रतिनिधित्व होस भनेर नै हामीले लामो छलफल बहस पछि छनौट गरेका छौं । जतिलाई त्यहाँ समावेश गर्नुपर्ने हो त्यतिलाई नै त गर्न सकिएन नै । जेजति छनौट गरिएको छ । सकेसम्म जनवादी प्रक्रियालाई साथीहरुको हिजोदेखिको लामो आन्दोलनको प्रक्रियालाई, उहाँहरुको श्रमलाई त्यागलाई नै संवोधन गरिएको जस्तो लाग्छ । तर म यो पनि भन्न चाहन्छु–यो नै पर्याप्त छ, जो साथीहरुलाई हामीले समेट्न सकेनौं, उहाँहरुको पार्टीमा त्याग, तपस्या, श्रम नभएर नगरिएको होइन । अन्तरिम विधानले र कार्यविधिले हामीलाई सीमित घेराभित्र रहन बाध्य पारेको छ । त्योभित्र रहेर सकेसम्म हामीले प्रयत्न ग¥यौं । यसको अर्थ यो होइन कि त्याग, तपस्या र श्रम नभएकाहरु बाहिर बसे । आन्दोलनको लामो शृंखलामा लागेको साथीहरु पनि धेरै छुटेको छ, यो समेट्न चाहिँ हामीले सकेका छैनौं ।

 पार्टी एकता भइसके पछि सबै साथीहरुलाई समेट्नको लागि पार्टीले के गर्नुपर्दा, कसरी आगाडि बढ्न पर्ला एक नेताको हैसियले यहाँले कसरी सोच्नु भएको छ ?

निश्चित रुपमा दुई ठूला कम्युनिष्ट पार्टीहरुकोबीचमा एकता भएको छ । यहाँ हजारौं कार्यकर्ताहरु संगठीत छन् । तीनको मनोभावनालाई बुझ्नु प¥यो । रामेछाप जिल्लाको जुन भूगोल छ । जनताहरुको उपस्थिति छ । तिनीहरु सबैको सम्बोधन गर्न सक्नुप¥यो । मुख्यतः रामेछापेली श्रमजीवि वर्गको संवोधन हामीले गर्न सक्यौ भने हामी सफल भयौं । उहाँहरुको समस्यालाई संवोधन गर्न नसक्ने, कृतिम रुपमा मात्रै हामी ठूलो भयौं भने चाहिँ हामीले रामेछाप जिल्लाको कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन सक्दैनौं । रामेछाप पुष्पलाल, गंगालाल जन्मेको जिल्ला हो । कृष्णलाल अधिकारी जन्मेको जिल्ला हो । जनयुद्ध र जनआन्दोलमा थुप्रै शहीहरुले वीरगति प्राप्त गरेको जिल्ला हो । यहाँको भावना, आकांक्षा र चाहनाहरुलाई पूरा गर्नको निम्ती रामेछाप जिल्लाको सबै नेता कार्यकर्ताबीच मनमुटाव, गुट उपगुटमा लागेको भए पनि मलाई लाग्छ एकताले हाम्रो बीचमा रहेको तितामिठा सबै कुराहरुको अन्त्य भएको छ । एउटा नयाँ अध्यायको प्रारम्भ भएजस्तो लाग्छ मलाई ।

अहिले संघदेखि स्थानीय तहसम्म कम्युनिष्टको सरकार छ । कम्युनिष्ट सरकारले पनि जनताले चाहे अनुसारको काम गर्न सकेन । अत्याधिक कर लगाएर जनताको ढाड सेक्ने काम ग¥यो र जनताले चाहे अनुसारका काम गर्न नसकेको भन्ने जनगुनासो पनि छ ?

सोझो भाषामा भन्दा हामी संसदीय ब्यवस्थामा आएका छौं । यो ब्यवस्थामा निश्चित सीमा र मापदण्डभित्र बसेर गतिविधिहरु सञ्चालन गर्नुपर्छ । यो क्रान्ति जितेर आएको सरकार त हैन नि । त्यसले गर्दा तत्का जनताको समस्या समाधान गर्न सकेनन् होला एउटा कुरा । करको माममा चाहिँ अलि बढि भयो कि जस्तो पनि लाग्छ । फेरि पनि देश चलाउनै प¥यो त्यो बाध्यता पनि छ । मेरो ब्यक्तिगत कुरा गर्ने हो भने राम्रा काम गर्न नसके पनि नराम्रो काम चाहिँ नगरौं भन्ने हो ।

अहिले जनप्रतिनिधहरुमा हामी निर्वाचत भएर आएका हौं । हामी त राजा पो हौं त भन्ने घमण्ड देखाउँने गरेको जनताको गुनासो छ । कतिपय सन्दर्भमा यसले जनप्रतिनिधि र जनताबीचको सम्बन्धलाई चिस्याउने पनि काम गरेको छ । यो समस्यालाई समाधान गर्न पार्टीको भूमिका के हुन्छ ?

यहाँनिर कानूनी समस्या छ । निर्वाचत भएर गएका पार्टीका लिडरहरु हो तर पार्टीको नियन्त्रभित्र त उहाँहरु हुनुुहुन्न । अर्को कुरा के हो भने निर्वाचित जनप्रतिनिधिसँगको अर्को संगम भनेको सरकारी कर्मचारी संयन्त्र पनि छ, उहाँले त्यो संग मिलेर काम गर्नुपर्ने छ । म एउटा सान्दर्भिक कुरा भन्छु । राजीतिक विश्लेषक सिके लालले गणतन्त्र घोषणा गरिसकेपछि विविसीको अन्तरवार्तामा भन्नुभएको थियो–२४० वर्षको राजतन्त्रको अन्त्य भयो, सामन्तवादको अन्त्य भयो, सामन्तवादको अवशेष चाहिँ सबै राजनीतिक दलहरुमा छ । त्यस्तै हाम्रो जनप्रतिनिधिहरुमा पनि त्यो अवशेषको अलिअलि संकेत देखिएको छ ।

समग्रमा भन्दा सबैले भन्ने गरेको समृद्धिको लागि स्थानीय सरकारले के गर्नु पर्ला र त्यसमा पार्टीको भूमिका के हुन्छ ?

मैले अघिनै भने जनताको मन जित्नको लागि पहिला जनताको काम गर्नुप¥यो । समस्या के छ भने नजितुनजेत पार्टीको मान्छे जितिसकेपछि उ जनताको मान्छे हुने र कानूनले तोकेको परिधिभित्र बस्नुपर्ने हुन्छ । त्यसले गर्दा कताकता पार्टी भन्दा बेग्लैजस्तो लाग्ने । जनप्रतिनिधिसँग म जनताको जनप्रनिधि भन्ने घमण्ड त नभनौं विश्वास हुन्छ । यसले एउटा खालको समस्या त सिर्जना गरेको छ तै पनि मलाई के लाग्छ भने जनप्रतिनिधिका रुपमा जिताएका जेजति साथीहरु छन् उहाँलाई पार्टीले जिताएको हो । पार्टीको घोषणा पत्रमा जे चिज लेखिएको छ ती चिजहरुलाई पच्छ्यायो भने हामी धेरै टाढा गएर छलफल बहस गरिरहनु पर्छजस्तो लाग्दैन । त्यो परिधिभित्र बसेर काम ग¥यो भने जनप्रतिनिधिनिहरु जनताको इच्छा चाहना भन्दा बाहिर जान्छ जस्तो मलाई लाग्दैन ।

अन्तिममा यहाँको भन्नै पर्ने कुरा केही छ ?

देशमा अहिले वामपन्थी माहौल बनेको छ । यसले विश्वलाई नै एउटा नयाँ सन्देश दिन खोजेको छ । विश्वकै ठूलो पार्टी, दुईतिहाईको सरकार बनाउन सक्ने कम्युनिष्ट पार्टी, सगरमाथको चुचुरोबाट हँसिया हथौडा अंकित झण्डा बोकेर विश्वलाई एउटा नयाँ सन्देश दिइरहेको अवस्थामा, यो नयाँ जनताको चाहनालाई, श्रमजीवि वर्गको आस्थालाई दह्रोसँग सगरमाथाको टुप्पोबाट अझ उचाईमा पु¥याउन सकौं यही मेरो शुभकामना !

प्रतिकृया

Add