जातीय छुवाछुत विरुद्ध रामेछापबाट खबरदारी

 बिहिबार, असार ११, २०७७ | onlinenews
Share this

११ असार, रामेछाप–जातीय विभेदको कारण पश्चिम रुकुमको सोतीमा नवराज विक सहित ६ जनाको विभत्स हत्या र देशैभरी भएका जातीय छुवाछुतका घटना विरुद्ध रामेछापका दलित अगुवाहरुले खबदारी गरेका छन् ।
संयुक्त दलित संघर्ष समिति रामेछापको आयोजनामा भेला भएका दलित अगुवाहरुले प्लेकार्ड सहित निकालेको खबरदारी ¥याली बजार परिक्रमा गरी देवकोटा चोकमा आएको खबरदारी सभामा परिणत भएको थियो ।


उनीहरुले सोती घटनाको निष्पक्ष छानविन गरी मृतक ६ जनालाई साँस्कृतिक सहिद घोषणा गर्न, घाइते १२ जनालाई निःशूल्क उपचार गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । त्यसैगरी दोलखा, सोलुखुम्बु, धनुषा, रुपन्देही, पोखरा सहित देशैभरी भएका जातीय विभेदका घटनामा संलग्न अपराधीलाई कारबाहीको माग गरेका छन् ।


खबरदारी सभालाई संवोधन गर्दै समितिका केन्द्रीय सदस्य उद्धव रम्तेलले जातीय विभेदका घटनामध्ये रुकुम घटना अत्यन्त नरसंहारकारी र सुनियोजित घटना भएकाले यथार्थ छानविन गरी दोषीलाई हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरे । उनले आम उत्पीडित समुदायहरुलाई आफ्नो अधिकार प्राप्त गर्न र प्राप्त अधिकारको उपयोग र रक्षा गर्न चनाखो भई संघर्ष गर्न तयार हुन पनि आग्रह गरे ।
त्यसैगरी समितिका जिल्ला संयोजक सरोज कटुवालले रुकुम घटनाका पीडितले न्याय नपाउन्जेल आन्दोलन जारी राख्ने बताए । रामेछापका दलित अगुवाहरुले यस अघि पनि पश्चिम रुकुमको घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाइसकेको छ ।
रामेछापमा दलित समुदायले मन्दिर प्रवेश गरेको, पानी छोइदिएको, अन्तरजातीय विवाह गरेको लगायतका निउमा स्थानीय जनप्रतिनिधि, सरकारी कर्मचारी तथा उच्च ओहदामा रहेका व्यक्तित्वहरुबाटै जातीय छुवाछुतका घटना घट्ने गरेका छन् ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *