टी–ट्वान्टी सिरिजः आज नेपाल र नेदरल्याण्डबीच खेल हुने

 सोमवार, अशोज २०, २०७६ | onlinenews
Share this

२० असोज– पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल अहिले केही बेरमा (सवा ११ बजे) बाट सुरु हुनेछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोही लयलाई दोस्रो खेलमा समेत निरन्तरता दिने उद्देश्यका साथ मैदान उत्रनेछ । सिरिजमा नेपाल २ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेदरल्याण्ड आफ्नो पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो । प्रतियोगिता अन्तर्गत नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ मा खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *