टी–ट्वान्टी सिरिजमा नेपालले नेदरल्याण्डलाई हरायो

 सोमवार, अशोज २०, २०७६ | onlinenews
Share this

२० असोज– ओमानमा जारी ५ राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा करण केसीले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए । यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए भने बिनोद भण्डारीले २६ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ विकेट र ललित नारायण राजवंशीले १ विकेट लिए । जितसँगै नेपालले २ खेलबाट ४ अंक जोडेको छ । नेपाल सिरिजको दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । अब नेपालले बुधबार आयरल्याण्डसँग र अन्तिम खेलमा ओमानसँग बिहिबार गते खेल्नेछ ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

1 COMMENTS