Hamro-Mobile-APP

नेपालको राजनीति: लोकतान्त्रिक र वाम गठबन्धनमा विभक्त

 बिहिबार, मंसिर १४, २०७४ | onlinenews

मनोज कुमार कर्ण

नेपालको राजनीतिक परिदृश्यमा वामपन्थीहरुको अलायन्स स्वयँ कार्ल माक्र्स र माओत्जे तुङलगायत अन्य कम्युनिस्ट नेताहरु भन्दा पर रहेर बनेकोले तथा चीनको प्रत्यक्ष संलग्नतामा खडा गरिएकोले उनीहरुको नैतिक धरातल खस्किएको छ । कि विश्व कम्युनिस्टहरुले नेपालमा कम्युनिस्टहरु विकास, समानुपातिक प्रतिनिधित्व, गणतन्त्र आदिको मुद्दामा पथभ्रष्ट भएका छन् भनेर भन्नु प¥यो वा संसारका हामी सबै कम्युनिस्टहरु बोल्ने एउटा कुरा तर गर्ने अर्को कुरामा विश्वास गर्छाैं भन्न सक्नु प¥यो । यस लेखमा नेपालका कम्युनिस्टहरु विकास, लोकतन्त्र, अधिकार माग्नेहरुको पक्षमा कसरी छैनन् भन्ने कुरा केही दृष्टान्तहरुबाट पुष्टि गरिने प्रयत्न गरिएको छ ।
२०७२ सालको भदौ २०÷२१ गतेतिर नै तत्कालीन एमालेका गृहमन्त्री वामदेव गौतमले काठमाडौंको नक्सालस्थित नेपाल प्रहरीको हेडक्वार्टरमा सबै जुनियर प्रहरीलाई खेदेर केवल डीआईजी, एआईजिपी, आईजिपीलाई बन्द कोठामा ब्रिफिङ गरे, ‘…यो संविधान हामी पहाडीको बर्चस्वको लागि जारी हुनैपर्छ । यसपाली जारी भएन भने हाम्रो शासनसत्ता, हातको डाडुपन्यू सबै मधेशीले खोस्छ । संविधान अशोज ३ गते नै जारी गर्ने हो । यदि मधेशीको धेरै विरोध भयो, मान्छे धेरै मरे भने अशोज ५ गते हो । हाम्रो प्रयास ३ गते नै हो । संविधान जारी गर्न रोक्न आउने जो कोहिपनि मधेशी आए उडाईदेउ, टौप लेभेल नेता नै आएपनि ठोक्देउ । नेपाल प्रहरीको मानव अधिकारको प्रश्न उठ्यो भने त्यसको जिम्मा म लिन्छु ।’ ब्रिफिंगको केही मिनेटमै मैले हु–बहु थाहा पाउने बित्तिकै मधेशवादी एउटा साप्ताहिकको सम्पादकलाई सबै खबर गरें अनि मेरै नाउँको समाचार स्रोत दिएर भएपनि तुरुन्त मीडीयामा हालिदिउँ अनुरोध गरें । लगत्तै कुपण्डोलस्थित राजधानी दैनिकको कार्यालयमा मलगायत अन्य मधेशी पत्रिकाका सम्पादक र कलाकारहरु सन्तुलित समाचार बनाउन र वामदेवको ब्रिफिंगको समाचार मेरै नाउँको स्रोतमा बनाउन आग्रह गरें । तर त्यहाँ एमालेका फौजहरु रहेका हुनाले हाम्रो केही शीप लागेन भने अन्य साथीहरु कान्तिपुरमा पनि पस्नु भयो । तर केही भएन । नेपालको मीडीया यस्तो रहेछ । वामदेव गौतमको मधेशी हत्या गर्ने योजना अनुसारनै संविधान जारी गरियो । मधेशीको घरघरमा पसीकन, मधेशी विरोध गर्नेको बाटा, खेत जहाँपनि टाउको, छाती, कञ्चटमा ताकीताकी गोली हानेर हत्या गरियो । सकेजति विभिन्न दूतावासलाई यथार्थ चित्रणसहित वामदेवको जिनोसाईडबारे अवगत गराउँदै मधेशीको रगतले लेखिएको तथा मधेशमा औंसीको रात पारेर जारी गरिएको अधूरो संविधानलाई हामी मधेशी, आदिवासी, जनजातिहरु मान्दैंनौं, तपाईंहरुपनि समय बर्बाद नगर्नुस्, नमान्नुस् भनी मधेशीको अधिकार र मधेशीलाई थप मर्नबाट जोगाउन गुहार लगायौं ।
ज्ञातब्य छ, कहिले पचासी त कहिले नब्बे प्रतिशतको बहुमत रहेको संविधान भनी एमाले, वामदेव गौतमहरुद्वारा झ्याली पिटिएकोमा वामपन्थीको पेलानमा जारी गरिएको तर लोकतान्त्रिक शक्ति काँग्रेसको प्रम सुशिल कोइरालाले संशोधनको बाटो रोजे र विश्वलाई कूटनीतिक तवरले हामीलाई कविला राज्यको ज्यानमारा कम्युनिस्टहरुले घेरेकोमा सहयोग गर्न संविधान संशोधनमार्फत् याचना गरे । हाल पनि खासै २०७२ सालको संविधानमा मधेशीमैत्री कामहरु भएका छन् किमार्थ भन्न सकिंदैन । सबभन्दा महत्वपूर्ण कुरा माओवादीले राजसंस्था फालेर गणतन्त्र ल्याउन, संघीयता, समानुपातिक प्रतिनिधित्वको मुद्दा, पहिचानको मुद्दा, मधेशीको सम्मानको मुद्दा, मधेशलाई आधिकारीकरुपमै मधेश नै शब्द जहाँपनि उल्लेख गराउन, पहाडमा भौगोलिक विकटता तथा मधेशमा विपी कोइरालाको न्यायोचित विचार जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न, मधेशमा अन्ततः दुई होइन, एक प्रदेश नै कायम गराउन सबकामहरु बाँकी छन् ।
नेपालमा आज राजनीति वामपन्थी कम्युनिस्टहरुको घोषित अलायन्स र काँग्रेसको नेतृत्वमा लोकतन्त्रवादीहरुको चुनावी तालमेलको आधारमा विभक्त भएको छ । गिरिजाबाबु जिवित छँदै पूर्व प्रम सूर्यबहादुर थापाले डेमोक्र्याटिक अलायन्स गर्न कम्तिमा दुई पटक सुझाउनु भयो । तर गिरिजाबाबुले नेपालमा अलायन्स बनाउने बित्तिकै विश्वको ध्यान नेपालका जनतालाई ध्रुवीकरणमा तान्ने र कमजोर नेपालमा आफ्नो स्वार्थ पूरा गराउने तथा दीर्घकालीन्रुपमा नेपाल विलिन हुने भनेर हालको तरल अवस्थामा परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक शक्ति र वामपन्थि खासगरि काँग्रेस र माओवादी मिलेरै हरेक परिवर्तनलाई संस्थागत गर्न जरुरी छ भन्दै अलायन्स गर्न मान्नु भएन । आज वामपन्थि अलायन्स चीनको नीजि स्वार्थमा हुने बित्तिकै भारतलगायत विश्वका लोकतान्त्रिक देशको आँखा नेपालमा पर्न गएको छ । वास्तवमा वामपन्थि गठबन्धन हाल चीनले गराएकै उसको नीजि स्वार्थहरु पूरा गराउन र पावर कि एक ठाउँमा पुनः राजालाई स्थापित गरि थुपार्न वा एकतन्त्री तानाशाही व्यवस्थामा राख्ने कुत्सित मनसाय देखिन्छ नत्र, एकसय असी डिग्रीको कोण बनाई स्थापित भएका कम्युनिस्ट कहाँ राजा भोज (माओवादी) ले कुहेका, लुटेरा, संस्थाथगत भ्रष्टाचार देशमा गर्न माहिर, क्रिमिनलहरुको पार्टी कहाँ गँगबू तेली (एमाले)संग कसरी अलायन्स–कम–एकीकरणमा पुगे ? कहाँ प्रचण्ड गणतन्त्र ल्याएर राजसंस्था फाल्ने मान्छे कहाँ केपी ओली गणतन्त्रलाई नेपालबाट बयलगाडा चढेर अमेरिका पुग्ने यात्राको संज्ञा दिने मान्छे ! यो उनीहरुको मिलन प्राकृतिक छैन, स्वाभाविक छैन र जहाँ बलमिच्चाई हुन्छ, त्यहाँ प्रकृतिले जिम्मेवारहरुलाई सजाय दिन्छ ।
२००७ सालमा राजा त्रिभुवन, काँग्रेसका बीपी कोइराला र राणाको मोहन सम्शेरसँग दिल्लीमा त्रिपक्षीय वार्ता हुंदा नेपालमा संविधानसभाको निर्वाचन गराउने सम्झौता भयो । पछि राजा त्रिभुवनले संसद वा संविधानसभाको निर्वाचन गराइने जस्ता दोधारे कुरा गर्दा बीपीले ज्यानको बाजी राखिकन राजामाथि सर्वोच्च अदालतमा संविधानसभाको निर्वाचन किन नगराउने भनी मुद्दा दायर गर्नुभयो । २०६४ सालमा जबसम्म काँग्रेस र गिरिजाबाबु कन्भिन्स हुनुभएन तबसम्म संविधानसभाको निर्वाचन संभव भएन । सो बेलाका शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक काँग्रेसमा विमलेन्द्र निधिले कर्णाली (क), दलित (द), महिला (म), जनजाति (ज), मधेशी (म) अर्थात् कमदजमको नारालिई संस्थापन काँग्रेसमा एकीकरण हँुदा सिंगो काँग्रेसलाई संघीय लोकतान्त्रिक गणतन्त्र, पहिचान, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता (सबै विमलेन्द्र निधिजीको फर्मूला प्रयोगमा ल्याइएको)मा जान सजिलो भयो र संविधानसभाको निर्वाचन संभव भयो । गिरिजाबाबु अभिभावकको भूमीकामा पार्टीलाई हराएर बालुवाटारमा बस्नु भयो । तर माओवादीले आज भन्छ, संविधानसभाको निर्वाचन हामीले नेपालमा गराएको !
२०७२ सालमा संविधान जारी पश्चात् मधेशीको सीमामा बसाईको कारणले आवागमन अवरुद्ध भई नेपालमा भारतले नाकाबन्दी लगाएको मादल पिट्दा सो नाका खुलाउने काम भारतमा कार्यरत्त गोर्खा रेजिमेन्टका रिटायर्ड सैनिक नेतृत्वले भारतको बहालवाला सैनिक नेतृत्वलाई हाम्रो घरमा ग्यास छैन, छोरी, बुहारीलाई के जवाफ दिउँ हामी ? भनेर तपाईं बहालवाला सैनिकहरुले भारतीय सरकारलाई भनीकन सहयोग गर्नुस् भन्दा बल्ल नाकाबन्दी खुलाइयो । यता केपी ओलीले मैंले नाकाबन्दी खुलाएको भनी उल्लू जस्तो चिच्याउँदै थिए !
२०१६ सालतिरै प्रथम लोकतान्त्रिक प्रधानमन्त्री बीपी कोइरालाले माओत्जे तुङ्गको निमन्त्रणामा चीनको भ्रमणमा जाँदा हाम्रो नेपालको सीमावर्ती एउटा गाँउ नै चीनको हो भनी चीनीयाँ नक्साले सावित गर्न खोजे । बीपीले नेपाल÷चीनको नक्सा छोडौं, युएनओको नक्सा हेरौं र तय गरौं भन्दा बीपी चीनको नजरमा कहिल्यै फेरी भ्रमणमा नपर्ने गरि एक नम्बर चीनको दुश्मनमा पर्नुभयो । २०३१ सालमा कीर्निनिधि विष्ट प्रधानमन्त्री रहेको बेला नेपालको केन्द्रीय प्रशासनीक कार्यालय सिंहदरबारमा आगलागी त्यही आलमीडाबाट भयो जसभित्र नेपालको गाविस सावित गर्ने र बीपीले दाबी गर्नुभएको नक्सा थियो ! झण्डै चौबिस घण्टामा सब जलेर नष्ट भएपछि दमकल पठाइयो भने कथित् नैतिकताको आधारमा प्रम कीर्तिनिधि विष्ट (चीनको परम् मित्र)ले राजीनामा दिए । उता भारतीय चेकपोष्ट लाई नेपालबाट हटाए । हिजो चीनले माउन्ट एभरेस्ट चीनमा हो भनी दाबी ग¥यो । आज चीनको पोजिसन के हो भने उ त्यही एभरेस्टको मुन्तिरबाट नेपालमा विकासको नाममा लुम्बिनीसम्म रेल पु¥याउने रे ! दोक्लम विवाद र विदेशनीतिमा नेपाल पहिलादेखि काँग्रेसको देउवा सरकारसम्मले तटस्थ बसेकोमा चीनले एक क्षेत्र–एक सडक (ओबओर)बनाउन चीनको पक्षमा ढल्काउन भोली नेपालको संसदबाट वामपन्थीको बहुमतले पारित गराउने उद्देश्य हो ताकि नेपालको पूर्व–पश्चिम राजमार्गलाई सीमारेखा बनाउँदै पहाड र उपत्यकालाई चीन भनी घोषणा गर्न सकियोस् जसको लागि भोली वामपन्थीहरु जिते भने चीनीयाँ सेना मधेशभएर भारतको बोर्डरमा तैनाथ गरिने पक्का छ । हालै काठमाडौंमा ईश्वर पोखरेलहरुले हामीलाई अलायन्स गर्ने चीन र युरोपियन युनियनको पूर्ण समर्थन रहेको तथा हामी वामले जितेमा नेपाललाई धर्मविहीन बनाउने भनेर गोप्य भेला गरेका छन् ।
मधेशीको समानुपातिक मागलाई नबुझिकन वा भनौं मधेशीको माग अब राष्ट्रिय माग हो भन्ने कुरो नबुझेर महिला÷पुरुष सबै पहाडीहरु असहयोग गर्दा आज दलहरुले महिला उम्मेदवारको संख्यामा हैसियत देखाईदिएका छन् । अधिकार विपन्नवर्ग जुनपनि अब पीडीत हुने बेला आइसक्यो । उत्ता नेपाललाई मधेशी÷पहाडीमा विभक्त गराई चीनले नेपाललाई कमजोर बनाइकन आफ्नो स्वार्थ नेपालबाट पूरा गराउन नेपालको संसदको बर्ड आईभ्यू गरिबसिरहेको छ । यस देशमो ठोस परिवर्तनको लागि संविधानमा कुरा राख्नुपर्ने अवस्था छ । लोकतान्त्रिक शक्ति काँग्रेसका केही मान्छे मधेशी विरोधी हुन सक्छ तर पार्टी होइन भने काँग्रेसले नै लोकतान्त्रिक अलायन्सका राजपा, फोरम, राप्रपाहरु आदिलाई लिड गरिरहेको अवस्था छ । यस्तोमा काँग्रेसको न्यूक्लियस विमलेन्द्र निधिमाथि चीन, पूर्वराजालाई कमब्याक गराउने रेजिड्यूअल फोर्सेज, पूर्णरुपमा मधेशी मागको विरोधी केपी ओली र एमाले तथा अधिकांश वामपन्थिको आँखा काँग्रेस र खासगरी विमलेन्द्र निधिलाई हराउनमा केन्द्रीत छ । धनुषा ३ मै राजपाका राजेन्द्र महतोजीको त्योपनि आफ्नै रोजाई किन ? कार्यकर्ता संजय साह ‘टकला’की श्रीमती किन परिनन् राजेन्द्रको च्वाईस् ? किन राजेन्द्र महतो नाकाबन्दीको बेला काठमाडौं नटेक्ने भनिरहेको बेला दिल्लीबाट अचानक काठमाडौंमा प्रम केपी ओलीसंग भेटे ? किन एकतर्फी सो बेला नाकाबन्दी फिर्ता गरेको घोषणा महतोले गरे ? विमलेन्द्र निधि गृहमन्त्री छंदा सप्तरीको घट्नामा एमाले र आजको राजपा एकअर्काका प्रमुख दुश्मन रहेकामा, नेपाल प्रहरीले वामदेव गौतमको इशारामा मन्त्री निधिको आदेशको गलत अर्थ लाग्ने गरि मधेशीद्वारा मधेशीकै हत्या गराए जस्तो घट्ना घटाए, पनि आज कसरी राजेन्द्र महतो र एमाले तथा एमालेको रघुविर महासेठको घांटी जोडिएको छ ? जित्ने त एकजना मात्र हो ? यस अवस्थामा स्थान अभावको कारणले यतिमात्र बुझौं कि काँग्रेसको लोकतान्त्रिक अलायन्सलाई नै नेपालमा भोली फेरी अद्यावधिक पाँचवर्षे निर्वाचन हेर्न तथा नेपालको अस्तित्व जोगाउनलाई जसरीपनि जिताऔं जसमा विमलेन्द्र निधिजीको समुपस्थिती संसदमा परिवर्तन संस्थागत गर्न अनिवार्य छ । (लेखक पाटन संयुक्त क्याम्पसमा प्राध्यापनरत् छन्) (मधेश दर्पण फिचर सेवा)

प्रतिकृया

Add