Hamro-Mobile-APP

नेपाल शिक्षक संघ खाँडादेवी अध्यक्षमा बुढाथोकी

 आइतवार, पुस २५, २०७८ | onlinenews

रामेछाप । नेपाल शिक्षक संघ खाँडादेवी गाउँपालिका अध्यक्षमा मनोज बुढाथोकी निर्विरोध चयन भएका छन् । नेपाल शिक्षक संघ खाँडादेवी गाउँपालिकाको दोश्रो भेलाले बुढाथोकीको अध्यक्षतामा २७ सदस्य कार्यसमिति चयन गरिएको नेपाल शिक्षक संघ खाँडादेवीले जनाएको छ ।
समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष– सुरेश थापा, महिला उपाध्यक्ष– प्रमिला घिसिङ सचिव सजल घिसिङ, अर्थ सचिव–प्रविण ढुङ्गेल, सह–सचिव–सन्तोष कार्की, महिला सह–सचिव सुनिता तामाङ, अर्थ सहसचिव– जनक श्रेष्ठ, समावेशी सह–सचिव–रामहरि दाहाल र उपेन्द्र यादव चयन भएका छन् ।
गाउँपालिकाको वडाहरुबाट अम्बरबहादुर भुजेल, शम्भु यादव, खड्गबहादुर पौडेल, ईन्द्रदाश श्रेष्ठ, यज्ञराज श्रेष्ठ, सुवास कार्की, गंगा मोक्तान, डगेन्द्र कोइराला, विनोदकुमार मोक्तान चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा अम्विका नेपाली, सुजाता सिलुवाल, यमुना घिसिङ, श्यामसुन्दर चौधरी, विद्यबहादुर देउवा, सुदिप माझी, उर्मिला दाहाल र दुर्गा ढुङ्गेल रहेका छन् ।

प्रतिकृया

Add