Hamro-Mobile-APP

पहिरोले प्रहरी पोष्ट पुर्‍यो, दश बेपत्ता

 बिहिबार, साउन १०, २०७५ | onlinenews

रसुवा – गएरातिको वर्षासँगै आएको पहिरोेले टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार पहिरोले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट पहिरोले पुरेको हो।

सो आसपासका घरमा राति बास बसेका १२ जना घाइते भएका र उनीहरुको उपचार टिमुरे स्वास्थ्य चौकीमा भइरहेको छ। पहिरोमा परी आठ(दश जना बेपत्ता भएको अनुमान गरिएको छ।

गएराति १२ बजेको घटना भएकाले अहिले बिहान सबेरैदेखि बेपत्ताको खोजीकार्य गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ। यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रजिअ पौडेलले बताए।

अहिले घटनास्थलमा लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा पर्ने भएकाले निकुञ्जका मध्यवर्ती अध्यक्ष पेम्बा नुर्पु तामाङ, प्रजिअ, सुरक्षाका प्रमुखहरु घटनास्थलतर्फ गइसकेको बताइएको छ।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच।अयmरलभधकरद्धछघद्धद्द

प्रतिकृया

Add