पेट्रोल र डिजेलको मूल्य घट्यो तर रामेछापमा मनखुसी

 मङ्लबार, फाल्गुन ६, २०७६ | onlinenews
Share this

६ फागुन, रामेछाप– नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको छ । सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
नियमित मूल्य समायोजन प्रक्रिया अन्तर्गत नै इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ सय ८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ ।
ढुवानीको दुरीको आधारमा जिल्ला अनुसार पेट्रोलीयम पदार्थको मूल्य पनि फरक हुने आयल स्टोर सञ्चालकहरुको भनाई छ । आयल निगमले पेट्रोलको मूल्य १ सय १० रुपैयाँ निर्धारण गर्दा रामेछाप जिल्लामा पेट्रोलको मूल्य १ सय १४ रुपैयाँ थियो भने दुई रुपैयाँ घट्दा रामेछापमा पेट्रोको मूलय १ सय १२ रुपैयाँ हुन गएको छ ।


रामेछापको सदरमुकाम मन्थलीमा रहेको शुभ सम्बृद्धि आयल स्टोर प्रा.लि.ले आयल निगमद्धारा निर्धारित नयाँ मूल्य अनुसार पेट्रोल डिजेर बिक्री गरे पनि अन्य आयल स्टोरले भने पुरानै मूल्यमा बिक्री गरिरहेका छन् ।
रामेछापको सदरमुकाम मन्थलीमा शुभ सम्बृद्धि आयल स्टोर प्रा.लि., लक्ष्मी आयल स्टोर र निलकण्ठेश्वर आयल स्टोर रहेका छन् । निलकण्ठेश्वर आयल स्टोरका सञ्चालक सागर सुवेदीले डिजेर र पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको बताए । तर बिक्री पुरानै मूल्यमा गरिरहेका छन् । सोमबार राति १२ बजेबाट लागू हुने गरि डिजेल र पेट्रोलको मूल्य घटे पनि मंगलबार बिहान १० बजे बा ६० प १६६६ नम्बरको मोटरसाइकलमा पेट्रोल हाल्न गएका सन्देश खड्कालाई पेट्रोलको पैसा १ सय १४ रुपैयाँकै दरले लिएका छन् । आपूmले खरिद गरेको पेट्रोलको बील माग्दा नदिएको पनि सन्देश खड्काले बताए ।
यता लक्ष्मी आयल स्टोरले पनि पेट्रोल १ सय १४ रुपैयाँमै बिक्री गरिरहेको छ । उसले पनि बील माग्ने ग्राहकलाई बील दिन अस्वीकार गरेको छ । शुभ सम्बृद्धि आयल स्टोर प्रा.लि., का सञ्चालक जिवन बुढाथोकीले भने पेट्रोल र डिजेलको नयाँ मूल्य लागू भएसँगै नयाँ मूल्यअनुसार बिक्री गरेको बताए । उनले घटेको मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्य सूची पनि टाँसेका छन् ।

रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्माले पेट्रोल र डिजेलको नयाँ मूल्य निर्धारण भएर लगू भइसकेपछि पनि पूरानै मूल्यमा बिक्री गरेको विषयमा तत्कालै जानकारी लिने प्रतिक्रिया दिएकी छन् ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *