प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीलाई तरुण दलद्धारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

 आइतवार, जेष्ठ ३२, २०७७ | onlinenews
Share this

३२ जेठ, रामेछाप– नेपाल तरुण दल रामेछापले प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।
कोरोनाभाइरस नियन्त्रणको लागि अगभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा सामग्र प्रदान गरिएको तरुण दलले जनाएको छ ।
स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने विरामीको ज्वोरा नाप्ने थर्मल गन १ थान, स्वास्थ्यकर्मीका लागि एन–९५ मास्क ३० थान, हातधुने सावुन ४ सय ८८ पिस (चार कटुन), हातमा लगाउने स्यानिटाइजर ५ पिस र किटनासक केमिकल २४ लिटर उपलब्ध गराइएको तरुण दल रामेछापका उपाध्यक्ष बासुदेव फुयालले जानकारी दिए ।
नेपाल तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’को उपस्थितिमा उपाध्यक्ष बासुदेव फुयालको संयोजकत्वमा मन्थली नगरपालिका– १ का अध्यक्ष नारायणदश श्रेष्ठद्धारा स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *