Hamro-Mobile-APP

बृद्धालाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

 आइतवार, पुस २५, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । लिखु तामाकोशी गाउँपालिका–३ धोबिका ५० वर्षीय सिंहबहादर कामी एक बृद्धालाई जबर्जस्ती गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । जुठो बारेर बसिरहेकी ६६ वर्षीय वृद्धामाथि जबर्जस्ती करणी गर्न खोज्ने कामीलाई शनिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
घरमा सुतिरहेको अवस्थामा कोठाभित्र प्रवेश गरि बृद्धालाई करणीको प्रयास गर्दा बृद्धाकी छोरीले थाहा पाएर छिमेकीलाई बोलाएकी थिइन । हल्लखल्ल भएपछि भागेका कामीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
आइतबार जिल्ला अदालत रामेछापबाट ६ दिनको म्याद थप गरि जबर्जस्ती करणी उद्योग अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया

Add