भ्रमण वर्ष २०२० को शुभारम्भमा ¥याली र झाँकी

 बुधबार, पुस १६, २०७६ | onlinenews
Share this

रामेछाप– जनवरी १ अर्थात सन २०२० को अवसरमा रामेछाप जिल्लाको मन्थली नगरपालिकाले पर्यटन प्रवद्र्ध गर्ने उद्देश्यले ¥याली निकाल्नु साथै स्थानीय जातजातिहरुको झाँकी प्रस्तुत गरेको छ ।
१ जनवरी २०२० को अवसरमा मन्थली नगरपालिकाले साँस्कृतिक ¥यालीको आयोजना गर्नुका साथै मन्थलीस्थित देवकोटा चोकमा विभिन्न जातिको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको हो ।


मन्थली क्याम्पसबाट सुरु भएको ¥याली मन्थली बजार परिक्रमा गरि देवकोटा चोकमा आएर साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । ¥यालीपछि देवकोटा चोकमा, नेवार, तामाङ, मगर, माझी लगायतका जातिहरुको जातीय साँस्कृतिक झाँकी प्रस्तुत गर्नुका साथै खैँजेडी भजन र पञ्चे बाजामा नृत्य समेत प्रस्तुुत गरिएको थियो ।


¥याली तथा झाँकी प्रस्तुत कार्यक्रम संविधानसभा सदस्य तारानाराण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम समापनको क्रममा मन्तब्य ब्यक्त गर्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले यो कार्यक्रम भ्रमण वर्षको शुभारम्भ भएकाले नगरपालिकाले वर्षैभरी पर्यटनमुखी गतिविधिहरु सञ्चालन गर्ने बताए ।
नेपाल संस्कार संस्कृतिले धनी भएको भन्दै पर्यटकलाई आकर्षित गर्नको लागि नेपाली संस्कार सँस्कृतिको बारेमा प्रचारप्रसार गर्नुपर्ने बताए । भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रचारप्रसारको माध्यमबाट सहयोग गर्न पनि सबैमा नगरप्रमुख बस्नेतले अपिल गरे । भ्रण वर्ष कार्यक्रमसँग नेपाल र नेपालीको समृद्धि र विकास जोडिएकाले भ्रमण वर्षलाई सफल पार्न सबै एकजुट भएर लाग्नुपर्ने पनि नगर प्रमुख बस्नेतले बताए ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *