मन्त्री ढुङ्गलेको सम्पत्तीको श्रोत सार्वजनिक गर्न काँग्रेसको माग

 बिहिबार, फाल्गुन ८, २०७६ | onlinenews
Share this

रामेछाप– नेपाली काँग्रेस रामेछापले बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जोडेको सम्पत्तीको श्रोत खुलाउन माग गरेको छ ।
मन्त्री ढुङ्गेलले नेपाली काँग्रेसका नेता कान्छारामले वितरण गरेको एम्बुलेन्सको विषयलाई लिएर आम्दानीको श्रोत खुलाउनु पर्ने बताएपछि नेपाली काँग्रेस रामेछापले मन्त्री ढुङ्गलले काठमाडौंको पेप्सीकोलामा बनाएको घरको श्रोत सार्वजनिक गर्न माग गरेको हो ।
बुधबार ७० औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले यस्तो माग गरेका हुन् । मन्त्री ढुङ्गेलले मंगलबार दोश्रो रामेछाप महोत्सवको उद्घाट कार्यक्रमलाई संवोधन गर्दै नेपाली काँग्रेसका नेताहरुले कालो धनबाट एम्बुलेस वितरण गरेको आरोप लगाएका थिए ।
आर्थिक आम्दानीको श्रोत नेपाली काँग्रेसको मात्रै हैन मन्त्री कैशाल ढुङ्गेल सहित नेकपाका नेताहरुको पनि खोज्न जरुरी रहेको कार्कीले बताए । कार्कीले मन्त्री ढुङ्गेललाई प्रश्न गरे– ‘तपाइको पेप्सीकोलामा रहको घर कुन स्रोतले बन्यो ? त्यो पनि छानबिन हुनु पर्छ ।
तपाई तत्कालिन जिल्ला विकासको सभापति हुँदादेखिनै दशँै आएपछि खसी किन्न इन्जिनियर गुहार्नु हुन्थ्यो त्यसको पनि हिसाब चाहियो कार्कीले भने । नेपाली जनताले रगत बगाएर कमाएको पैसाबाट तिरेको कर राज्यको ढुकुटीबाट निकालेर तपाईले चाहिँ रजाई गर्न मिल्छ ? कार्कीको प्रश्न थियो ।
विकासको नाममा बागमती प्रदेशबाट जिल्ला भित्रिएको बजेटको २० प्रतिशत पनि खर्च भएको छैन् यो चाहि तपाईले खोज्नु पर्दैन् ? मन्त्री ढुङ्गेलले जिल्लाको राजनीतिक सदभाव र सौहार्दतालाई बिथोल्न चाहेको पनि काँग्रेसको आरोप छ ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *