रहेनन् दोस्रो विश्वयुद्धका लेफ्टिनेन्ट गजेन्द्र

 शुक्रबार, पुस २१, २०७४ | onlinenews
Share this

रामेछाप । दोस्रो बिश्वयुद्ध (सन् १९३९ देखि १९४५) मा अफगानिस्थान, ईराक, कुर्दिस्थान र भारतमा पुगेर लडाई लडेका पूर्वसैनिक लेफ्टिनेन्ट गजेन्द्रबहादुर बस्नेतको निधन भएको छ ।
९९ बर्षको उमेरमा उहाँको पौष २० गते दिँउसो ०४ बजे मन्थली नगरपालिका वडा नं ४ स्थित् आफ्नै निवासमा निधन भएको हो ।
लेफ्टिनेन्ट स्वर्गीय गजेन्द्रबहादुर बस्नेतको जन्म १९७५ साल असार तत्कालिन सालु गाँउ पञ्चायत वडा नं. १, च्याँउकेठाँटिमा भएको थियो । राणाकालिन शासनका बेला रामेछापमा रहेको गुल्मबाट बि.सं. १९९३ (सन् १९३६) सालमा सेनामा भर्ना भएका उनी राणाकालिन समयमा नै लेफ्टिनेन्ट बनेक थिए ।
गाँउमा बसेर खेती किसानी मात्रै बन्नु भन्दा पनि लाहुर गए पिटि परेड गर्न पाइने र देश घुम्न पाइने लोभले सेनामा जागिर खाएको अनुभव सुनाउँथे उनी । बाबु कमानसिं बस्नेत पनि पहिलो विश्वयुका लडाकु भएर अफगानिस्थानको उजिरस्थानसम्म पुगेकाले पनि सेनाप्रतिको मोह बढेको भनाई थियो उनको जीवित रहँदा । युद्ध र सैनिकको कमाण्डमा राम्रो कौशल भएका कारण राणा शासकहरुले समेत उनलाई प्रमोसन गरिदिएका थिए ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *