Hamro-Mobile-APP

रामेछाप जिल्ला निर्माण व्यवसायी संघको सदस्यमा विश्वकर्मा निर्वाचित

 शुक्रबार, पुस ३०, २०७८ | onlinenews

नवराज विश्वकर्मा


रामेछाप । रामेछाप जिल्ला निर्माण व्यवसायी संघको सदस्य पदमा दलित समुदायका नेत्र विश्वकर्मा निर्वाचित भएका छन् । संघको आठौँ अधिवेशनबाट विश्वकर्मा निर्माण सेवा लिखु तामाकोशी गाउँपालिकाका प्रमुख नेत्र विश्वकर्मा संघको सदस्य पदमा निर्वाचित भएका हुन् । नव निर्वाचित विश्वकर्मा लामो समयदेखि निर्माण व्यवसायको क्षेत्रमा काम गर्दै आएका छन् । पछिल्लो समय निर्माण व्यवसायीहरुप्रति नागरिकको विश्वास गुम्दै गएको बताउँदै नव निर्वाचित विश्वकर्माले आगामी दिनमा नागरिकहरुको विश्वास जित्ने गरी निर्माणको क्षेत्रमा काम गर्ने बताए ।

प्रतिकृया

Add