रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दियो मृत्युदावी भुक्तानी

 सोमवार, मंसिर १६, २०७६ | onlinenews
Share this

शान्ता श्रेष्ठ
१६ मंसिर, रामेछाप– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले रामेछाप नगरपालिका–६ ओख्रेनीकी फुलमाया योञ्जनको मृत्युदाबी भुक्तानी गरेको हो ।
इन्स्योरेन्सले मृतकको श्रीमान प्रेमबहादुर योञ्जनलाई २ लाख १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । मृतक फुलमाया योञ्जनले मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड मार्फत २०७५ साल पौष २ गते रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखामा रिलायबल म्यादी जिबन बिमा गरेका थिए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र मन्थली बचत तथा ऋण सहकारी संस्थाबीच सहकारीका ऋणि सदस्यहरुको रिलायबल म्यादी जिबन बिमा गर्ने सम्झौता अनुसार सो रकम हस्तान्तरण गरिएको हो ।
बिमित योञ्जनको मिति २०७६ साल असोज १४ गते मृत्यु भएको थियो । उनले सहकारीबाट १ लाख ५० हजार ऋण लग्दा ९ सय ६० रुपैया कम्पनीलाई बुझाएको र कम्पनीले सदस्यको सामान्य मृत्युमा ऋणको १ सय ४० प्रतिशतमा हुनआउने रकम २ लाख १० हजार रुपैयाँ दिएको हो ।
सो रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड केन्द्रिय कार्यालयका कर्पाेरेट मार्केटिङका मोहन खत्री, शाखा प्रबन्धक सन्तोष श्रेष्ठ लगायत शाखाका कर्मचारी र मन्थली बचत तथा ऋण सहकारी संस्थाका सचिव गोबिन्दप्रसाद घिमिरेले मृतकका श्रीमान योञ्जनलाई सहकारीमै एक कार्याक्रमका विच बिमा दाबी बापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
यसअघि पहिले कम्पनीले रिलायबल म्यादी जिबन बिमा योजना अन्तर्गत अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीलाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ । २ अर्ब २० करोड अधिकृत पूजी रहेको कम्पनीले विमा सेवा घरदैलौ मा पु¥याउने उद्देश्यले हालसम्म १७ वटा बिमा योजना सञ्चालनमा ल्याइ देशभर ८२ वटा भन्दा माथि शाखा तथा उपशाखा विस्तार गरिसकेको छ ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *