Hamro-Mobile-APP

सबल पार्टी र सक्षम नेतृत्वका लागि मेरो उम्मेदवारीः कँडेल

 शुक्रबार, पुस २३, २०७८ | onlinenews

रामेछाप । सदरमुकाम मन्थलीमा सुरु भएको नेकपा एमाले रामेछापको आठौँ जिल्ला अधिवेशनमा झम्क कँडेलले जिल्ला अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । एमाले नेता कँडेलले सबल पार्टी, सक्षम नेतृत्वका लागि आपूmले उम्मेदवारी घोषणा गरेको बताए । दुरदर्शी नेतृव्व, स्वावलम्बी कार्यकर्ता पंक्ति तयार गर्नु, नेता, नेतृत्वको देवत्वकरण नभई युग अनुकुल वैज्ञानिक ब्यवस्थापन गर्नु, पद र अवसरको न्यायोचित वितरण प्रणाली लागू गर्नु र नविन चिन्तन फरक कार्यशैली आपनाएर सशक्त पार्टी निर्माणको लागि आपूmले उम्मेदवारी घोषणा गरेको कँडेलले बताए । आपूmले अध्यक्ष पदको जिम्मेवारी पाएमा, फरक शैलीमा पार्टी सञ्चालन गरि सशक्त संगठन र जुझारु कार्यकर्ता बनाउने नेता कँडेलले बताए । नेतृत्वले योग्यता, दक्षता, क्षमता र क्रियाशीलताको आधारमा पूर्णप्रतिस्पर्धाको मैदानबाट श्रेष्ठता हासिल गर्नुपर्ने कँडेलको भनाई छ । जबजले दिएको आलोकको जगमा टेकेर समाजवादको खाका तयार गर्नको लागि पनि आफ्नो नेतृत्व आवश्यक रहेको उनले बताए ।
को हुन् झम्क कँडेल ?
नेकपा एमाले रामेछापका नेता झक्कप्रसाद कँडेल २०३७ सालमा नेकपा एमाले निकट विद्यार्थी संगठनबाट राजनीतिमा आएका हुन् । २०३८ सालमा कालिञ्चोक माध्यमिक विद्यालय दोलखाका अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्य, २०४५ सालमा पशुपति बहुमुखी क्याम्पस काठमाडौँका प्रारम्भिक कमिटी सदस्य, नेपाल ‘ल’ क्याम्स प्रारम्भिक कमिटी सदस्य हुँदै २०४७ सालमा नेकपा एमालेको संगठीत सदस्यता लिएका थिए । संगठीत सदस्यता लिएसँगै उपत्यका विषेश समन्वय समिति अन्तर्गत कानून ब्यवसायि इकाइमा रहेर काम गरेका कँडेल २०५५ सालमा पार्टीको रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको अध्यक्ष भएका थिए । २०६२/०६३ को जनआन्दोलमा नेकपा एमाले रामेछापको आन्दोलन परिचालन समिति सचिवको जिम्मेवारी बहन गरेका कँडेल २०६४ सालमा नेकपा एमाले रामेछापको जिल्ला समिति सदस्य भएका थिए । वामपन्थी आन्दोलनबाट राजनीतिमा आएका कँडेलले ४० वर्षीय राजनीतिक जीवनमा ३१ वर्ष नेकपा एमाले पार्टीमा रहेर काम गरिसकेका छन् ।

प्रतिकृया

Add