सुनापतिमा जारी राष्ट्रपति रनिङ शिल्डको एथ्लेटिक्स सकियो, भलिबल सेमिफाइनलमा

 शुक्रबार, फाल्गुन २, २०७६ | onlinenews
Share this

२ फागुन, रामेछाप–सुनापति गाउँपालिकामा जारी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत एथ्लेटिक्स तर्फका खेलहरु सकिएको छ । शुक्रबार भएको खेलमा एथ्लेटिक्सतर्फ सतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सी प्रथम भएको छ । ६ स्वर्ण, १ रजत, १ कास्य र ८ पदक सहित सतलिङ्गश्वर माध्यमिक विद्यालय प्रथम भएको हो ।
त्यसैगरी २ स्वर्ण, २ रजत, १ कास्य र ५ पदक सहित कृष्णबर्णेश्वर माध्यमिक विद्यालय मानपुर द्धितीय भएको छ भने २ स्वर्ण, २ कास्य र ४ पदक जित्दै डहु माध्यमिक विद्यालय डहुले तृतीय स्थान हासिल गरेको छ ।
त्यस्तै शुक्रबार नै भएको भलिबल खेलमा कृष्ण माध्यमिक विद्यालय डोग्मा, कृष्णवर्णेश्वर माध्यमिक विद्यालय मानपुर, पशुपति माध्यमिक विद्यालय साँदी र बाल माध्यमिक विद्यालय भिरकोट सेमिफाइलनमा प्रवेश गरेको छ ।
शुक्रबार भएको भलिबल खेलमा पाँच समूह खेलबाट बाहिरिएको सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्ध घिमिरेले जानकारी दिए । सेमिफाइन र फाइनल खेल शनिबार हुने जानकारी दिइएको छ ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *