हामी नेपाली संस्थाद्धारा राजनारायण श्रेष्ठलाई ‘कोभिड–१९ हिरो अवार्ड’ प्रदान

 आइतवार, जेष्ठ ३२, २०७७ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


३२ जेठ– रामेछाप– नेपाली काँग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठलाई अमेरिकामा रहेको ‘हामी नेपाली’ नामक संस्थाले ‘कोभिड–१९ हिरो अवार्ड’ प्रदान गरेको छ ।
कोरोना भाइरसको संक्रमणका बेला राम्रो काम गरेको भन्दै ‘हामी नेपाली’ संस्थाले सम्मान गरेको हो । कोरोनाका बेला सामाजिक कार्यमा उल्लेखनीय कार्य गरेका श्रेष्ठलाई ‘कोभिड–१९ हिरो अवार्ड’ प्रदान गरिएको ‘हामी नेपाली’ संस्थाले जनाएको छ ।
सम्पर्क समितिका अध्यक्ष श्रेष्ठले रामेछाप जिल्लामा कोरोनाको संक्रमणका बेला राहत वितरण लगायतका सामाजिक कार्य गर्दै आएका थिए । उनले रामेछापका प्रत्येक स्थानीय तहलाई स्वस्थ्य उपकरण प्रदान गर्नुका साथै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *