१० वर्षदेखि नदी किनारमा बास, मध्य रातमा मसान आएर बोल्छ

 आइतवार, माघ १२, २०७६ | onlinenews
Share this

१२ माघ, रामेछाप– एक ७५ वर्षिय बृद्ध १० वर्षदेखि तामाकोशी नदी किनारमा बस्दै आएका छन् । उनको दिनरात नदी किनारमा खुल्ला आकाशमुनी बित्छ । कुन हिउँद कुन बर्खा उनलाई प्रवाह छैन, दिउँद बर्खा नै खुल्ला आकाशमुनी रातदिन काट्दै आएका छन् ।
स्थायी ठेगाना लिखु तामाकोसी गाउँपालिकाको तिल्पुङ्ग भएका ज्ञानबहादुर विक बुबा आमाको मृत्युपछि विरक्तिएर घरबाट हिडेका थिए । उनी अविवाहीत हुन् । उनीहरु ७ भाई थिए तर आफू कुन छोरा हुँ भन्ने समेत उनलाई अहिले हेक्का छैन ।
उनका दाजुभाइहरुको पनि मत्यु भइसकेको छ । ७ भाई मध्य अहिले जिवित उनीमात्रै हुन् । कुनै भाई २ महिनाको हुँदा बिते, कुनै ६ महिनाको, कुनै २ वर्षको र कुनै विवाह गरिसकेपछि विते, त्यही भएर मलाई विवाह गर्न पनि मन लागेर र घरमा बस्न पनि मन लागेन उनले भने ।
उमेर छँदा उनी रोजगारीको लागि विदेश पनि गए । विदेशबाट कमाएर ल्याएको पैसा ऋण तिर्दा सकियो । बुबा आमाको काजगिरीया गर्दा जग्गा जमिन सकियो अनि मलाई घरमा बस्नै मन लागेन त्यसपछि घर छोडेर हिडे फेरि घर फर्किको छुईन उनले भने ।
घरमा एकजना दिदी छिन् दिदी भाईको भेट नभएको पनि कति भयो कति उनलाई हेक्का छैन । उमेर छदा उनी ढुङ्गाको जाँतो घट्ट बनाउने काम गर्थे । पछि जाँतो, घट्ट प्रयोगमा आउँनै छोड्यो । त्यसपछि उनी तामाकोशी नदी किनारमा आरन चलाएर बस्न थाले । अहिले ७५ वर्षको उमेरमा पनि उनी ताकाकोशी नदीको किनारमा आरन चलाइरहेका छन् । अहिले उनी मन्थली नगरपालिका–११ स्थित बान्दे्रको झोलुङ्गे पुलको मुखैमा बस्छन् ।
आज भन्दा १५ वर्ष अघि बंगुरको लागि बनाएको खोरमा उनी बस्दै आएका छन् । खोरको चारैतिरको गाह्रो लडिसकेको छ । २०७२ सालको भूकम्पपछि उनले एउटा त्रिपाल पाएका थिए । त्यो त्रिपाल पनि च्यातिएर धुजाधुजा भइसकेको छ । अहिले उनको बाँस खुल्ला आकाशमुनी छ । चिसो महिनामा कठ्याग्रिएर र बर्खामा रुझेर उनको दिनरात बित्छ ।
नदी किनारमै आरन चलाएर उनी हँसिया, कोदालो, कोदाली, बन्चारो फाली लगायतका औजारहरु बनाउँछन् । त्यही औजार बचेर आएको केही पैसाबाट नुन, तेल, तरकारी किन्छन् । चामल र तरकारी अहिलेसम्म गाउँमा मागेरै पुगेको छ उनलाई । १० वर्ष पहिले ३ केजी चामल किनेका थिए, त्यसपछि अहिलेसम्म चामल किनेको छुइन उनले भने । एउटा कोदालो बनाएर बेच्दा ४ सय रुपैयाँ पाउँछन् । एउटा कोदालो बनाउन लाग्ने फलाम किन्न ३ सय रुपैयाँ लाग्छ । आरन चलाएर उनको श्रमको मूल्य पनि उठेको छैन ।
१० वर्ष नदी किनारमा बस्दा उनले थुप्रै कष्टहरु भोगेका छन् । उनी भन्छन् मध्य रातमा मसान आएर बोल्छ । यो बाटो भएर हिडिरहन्छ । गाउँमा मान्छे मर्नु छ भने यहाँ संकेत दिन्छ । उनी बसेको ठीक माथि गेलु गाउँ पर्छ । गाउँमा मानिस मर्नु छ भने मध्य रातमा आएर म भोली आउँछु भनेर जान्छ । हेर्दा मान्छेजस्तो देखिन्छ तर टाउँको हुँदैन उनी भन्छन् । भोली आउँछौ भनेको बुझिन्छ तर अरु कुरा बुझिदैन । मध्य रातमा गुनगुन गफ लगाउँछ । अब फेरि १÷२ दिनमा गाउँबाट लाश आउनेवाला छ । आज राति आएर पर्सि आउँछौ भनेर गएका छन् उनले भने । रातमा तर्साउनेहरु उनको लागि साथीजस्तै भइसकेको छ ।
घर बनाएर घरभित्र बस्ने कुरा त परैको भयो चिसो ठण्डीमा एकजोर न्यायो कपडा फेर्न समेत उनीसँग पैसा छैन । उनको यो हालत देखेपछि नवदुर्गा सुनचाँदी पसल मन्थलीका प्रोप्राइटर तथा सुनचाँदी ब्यवसायि संघ रामेछापका उपाध्यक्ष कृष्ण लाम्गादेले ब्यक्तिगत एउटा कम्मल र एउटा ज्याकेट दिएका छन् । यही माघ १० गते तामाकोशी नदीको बान्द्रेस्थित घाटमा मलामी जाने क्रममा ज्ञानबहादुर सुन्दास, राजन सुन्दास र ज्ञान सुन्दासले बृद्धको त्यो हालत देखेपछि उनीहरु सहयोग जुटाउन लागिपरेका छन् । उनलाई यस्तै अरु सहयोगीहरुको पनि खाँचो रहेको छ ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *