२१ औं शताब्दीमा आइपुग्दा महिला उत्कृष्ट कोटीमा स्थापित भएका छन्

 बिहिबार, फाल्गुन १५, २०७६ | onlinenews
Share this

तिलक कार्की


अन्तराष्ट्रिय महिला दिवस अथवा नारी दिवस महिला जगतले जागरूकता सम्बन्धी महत्वपूर्ण चाडको रुपमा मनाइने पर्व हो । विश्वभर ८ मार्चमा मनाइने दिवश राजनैतिक तवरबाट सुरु भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण, चेतनाअभिवृद्धि र लैङ्गिक समानताका सवालहरू अन्तराष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । सर्वप्रथम महिला दिवशको आयोजना संयुक्त राज्य अमेरिकाको सोशलिष्ट पार्टीले सन् १९०९ फेव्रुअरी २८ मा गरेको थियो । सन् १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको दोस्रो अन्तर्रािष्ट्रय सम्मेलनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तराष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालेका हुन् । सन् २०२० मा आइपुग्दा बिश्वभर ११० औं अन्तर्रािष्ट्रय नारी दिवस मनाइने भएको छ ।

२१ औं शताब्दीमा आइपुग्दा महिला उत्कृष्ट कोटीमा स्थापित भएका छन् । तर पहिले यस्तो अवस्था थिएन । पहिले महिलालाई पढ्न स्वतन्त्रता, स्वतन्त्रतापूर्वक हिड्डुल गर्ने, बोल्ने, काम गर्न वा भोट हाल्न समेत दिइदैनथ्यो । इतिहासलाई फर्केर हेर्दा सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सिटीको सडकमा एउटा ¥याली निकाले जसमा भोट हाल्न पाउने अधिकारदेखि काम गर्ने घण्टा कम गर्न र राम्रो तलब जस्ता माग संलग्न गराइएका थिए । सन् १९०९ मा अमेरिकाकी सोशलिष्ट पार्टीले यूनाइटेड स्टेट्समा पहिलो राष्ट्रिय महिला दिवस २८ फेव्रुअरीमा मनायो । त्यसपछि १९ मार्च १९११ मा पहिलो पटक अष्ट्रिया, डेनमार्क र स्विजरल्याण्डमा पनि अन्तराष्ट्रिय महिला दिवस मनाइयो । दुई वर्षपछि अन्तराष्ट्रिय महिला दिवसको मिति परिवर्तन गर्दै सन् १९१३ मा यसलाई मार्च ८ गरियो । त्यस बेलादेखि हरेक वर्ष यसै दिन अन्तर्रािष्ट्रय महिला दिवस मनाइन्छ । अन्तर्रा्ष्ट्रिय महिला दिवस संसार भरीका विभिन्न क्षेत्रमा काम गर्ने महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धीलाई स्मरण गर्दै मनाइन्छ । अन्तर्रािष्ट्रय महिला दिवस महिलालाई सम्मान दिनुका साथै आर्थिक, सामाजिक, राजनैतिक उपलब्धि, महिला सशक्तिकरण र लैङ्गिक समानताका उद्देश्य प्राप्ति र रक्षाका लागि मनाइन्छ ।

नेपालमा वि.सं. २०१६ सालदेखि अन्तर्रािष्ट्रय महिला दिवस मनाउन थालिएको पाइन्छ । महिला स्वतन्त्रता, समानताका लागि तथा कुरीति, कुसंस्कार, कुप्रथा विरुद्धमा वि.सं. १९७४ सालदेखि विदुषी योगमायाले सुरु गरेको सामाजिक आन्दोलनलाई सदा स्मरण गर्नु पर्दछ । त्यस पछि भएका जहानियाँ राणा शासन विरुद्धको आन्दोलन, २००७ सालको आन्दोलन, २०१७ सालको बहुदलीय व्यवस्था खारेजीको विरुद्ध आन्दोलनमा महिलाको अर्थपूर्ण सहभागिता पनि अविष्मरणीय छ । नेपालमा महिला आर्थिक, सामाजिक, साँस्कृतिक रुपमा पछि परेको त्यसमा पनि लैङ्गिक विभेदले ग्रस्त समाजमा सहाना प्रधान, मंगलादेवी, द्वारिकादेवी, शैलजा, गौरी, विजया आदि जस्ता अद्म्य साहस भएका नारीहरुको नाम गौरबका साथ स्मरण गर्नु पर्दछ । वि.सं. २०४६ सालसम्म आइपुग्दा त महिला संघठित, राजनैतिक नेतृत्व, सामाजिक अगुवाको रुपमा महिला अघि बढिसकेको पाइन्छ । २०५२ सालदेखि सुरु भएको शसस्त्र द्वन्द्वमा विभिन्न मोर्चामा महिलाको नेतृत्व, बहादुरीका कथा ताजै छ । सरकारी, गैह्र सरकारी, समाजसेवा, राजनैतिक क्षेत्रमा उच्च तह र तप्कामा पुगेका महिला ०६२÷०६३ को जनआन्दोलन त्यसबाट प्राप्त अधिकारको उपयोग गर्दै २०७२ सालमा जारी भएको नेपालको संविधानमा महिला अधिकारलाई मौलिक अधिकारका रुपमा व्यवस्था गरेको छ ।

महिला सशक्तिकरण, समानता, विकास, राजनैतिक तथा आर्थिक निर्णयमा सहभागिता र अवसर तथा शक्ति अभ्यासको अवस्था उच्च हुदै गइरहेको छ । सार्वजनिक ओहोदा होस या हरेक तह र निकायमा सहभागिता सुनिश्चितताले अवसर अभिवृद्धि भइरहेको छ । महिलाको बर्खिलापमा भएका धार्मिक, सामाजिक, साँस्कृतिक, परम्परा, चालचलन आदिका आधारमा हुने हिंसा क्रमश कमी हुदै आएको छ । स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षामा विशेष अवसर पाउनु, समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागि हुन पाउनु तथा राज्यको उपल्लो निकायमा महिला रहनुले पनि नेपालका महिला जगतका लागि खुशीको कुरा हो ।

मार्च ८ अर्थात अन्तराष्ट्रिय नारी दिवश आम महिलाको जागरण ल्याउने दिन हो । समान ज्याला, समान मताधिकार, विश्व शान्ति, न्याय, समानता र मुक्तिका लागि ज्यानको प्रवाह नगरि अथक प्रयास र बलिदानीबाट आजको युगमा आइ पुगेको महिला आन्दोलन यतिमा सन्तुष्ट हुने अवस्था अझै छैन । त्याग , समर्पण, संर्घषका इतिहासबाट प्राप्त अधिकारको पूर्ण उपयोग हुन सकिरहेको छैन । अन्तराष्ट्रिय श्रमिक महिला दिवश व्यापकता र सार्थकता बटुल्दै आज केन्द्र, प्रदेश साथै पालिका स्तर हुदै समुदाय स्तरमा आइपुगेको छ । यसमा महिलासँग काम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, सरकारी निकायको योगदान, राजनैतिक तथा सामाजिक चेतना स्तरलाई भुल्नु हुदैन ।

शिक्षित, सचेत, सशक्त तथा कानुन बारे जानकार भएका महिला जमात बढ्दो छ । आम महिलाहरुमा आत्मा सम्मान, स्वतन्त्रता तथा लैंगिक समानताका लागि अपेक्षा बढ्दै जानु पनि प्रगतिको सूचक हो । महिला मानव अधिकारबादीहरु, अभियान्ता, महिलावादी लेखकहरु, संचार कर्मीहरुले पनि राम्रा अभ्यास र सफलतालाई बारम्बार दोहो¥याइ सोहि अनुसार गर्न प्रेरित गर्नुपर्दछ । अविश्वास, असमझदारी, असहयोग भए गरेका उपलब्धिको रक्षा र कार्यान्वयको पक्षमा नउभिइ नकरात्मक टिप्पणी गर्दै जानु मात्र पनि सुहाउँदैन । पितृसत्ता मानसिकताबाट ग्रसित समाजमा महिलाहरुलाई हेय र दयाका पात्र ठान्ने र भेदभावपूर्ण व्यवहार सामाजिक कुसंस्कारका रुपमा व्यप्त छ । पारिवारीक मनमुटाव, झैझगडा, हिंसा, दूव्र्यवहार सहेर बसेका छन् । इज्जत जाने डर महिलामा नै छ । घरेलु हिंसा, सामाजिक हिंसा, यौनिक हिंसा, बलात्कार, हत्या, वाध्यात्मक आत्माहत्या, साइवर अपराध, वेपत्ता, जवरजस्ती सम्वन्ध विच्छेद तथा अलपत्रका घटना उत्तिकै छन् । घरभित्र र सार्वजनिक हिंसा पनि त्यत्तिकै छ । तथापि महिला माथि हुने हिंसा, यसका प्रकृति बारे जानकार भएका सचेत महिला संख्या र सहयोगी संयन्त्र बढ्दो छ ।

महिला जगतमा दिवशको प्रभाव, परिवर्तन तथा जागरणको अवस्था अझ स्वतः स्फूर्त रुपमा आउन सकेको छैन । दूर दराजमा अन्याय, अत्याचार, दमन, शोषण, हत्या, हिंसा, बलात्कार, सामाजिक कुसंस्कार, कुरीति, विभेद सहेर बसेका भुँइ महिला माझ अझ पुग्न सकिरहेको छैन । जसरी हिन्दु नारीहरुले तीजलाई महिनौ देखि याद गर्दै मनाउने तयारी गर्छन त्यसै गरी आम महिलाहरुको महान चाड संझी खुशी साटी थप बल, तागत, हौसला, प्रेरणा लिन सकिरहेको छैन । यस दिवशको अवसर पारी महिलाहरु थप संघठित भइ महिलाहरुका सवाल, मुद्धा उठाउनु पर्दछ । औपचारिक कार्यक्रममा सीमित नभइ अभियानको रुपमा मनाउनु पर्दछ । तयार भएका राष्ट्रिय कार्ययोजनाको पालना, बनेका नीतिको कार्यान्वय र बन्नु पर्ने ऐन कानुनको निर्माण तथा कार्यान्वयनले मात्र दिवशले सार्थकता पाउँछ । कागजी रुपमा तयार भएका नीति, देखाउनका लागि मात्र समावेशीता, चोख्याउनका लागि मात्र हुने गरेका कानुनी प्रकृया, फितलो कार्यान्वयनको खवरदारी गर्नु अबको आन्दोलन केन्द्रीत हुनु पर्दछ । प्राचिन कालबाटै पितृसत्ताबाट गाँजिएको मुलुकमा अन्याय, अत्याचार, हिंसा, बलात्कार जस्ता जघन्य अपराधीहरु पनि राजनैतिक, सामाजिक तथा कानुनी रुपमा उन्मुक्ति पाउनु यस दिवशको सार्थकता माथि अझै प्रश्न छ ।

Share this

प्रतिकृया

Add

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *