Hamro-Mobile-APP

श्रीमान विदेशमा, घरमा श्रीमतिले बिष खाएर आत्महत्या

 शनिबार, बैशाख १५, २०७५ | onlinenews

रामेछाप नगरपालिका–५, काभ्रे तेर्सेटोलकी २७ वर्षिया यममाया तामाङले विष खाएर प्राण त्यागेकी छन् । श्रीमान विदेशमा रहेका तामाङको परपुरुषसँगको यौन सम्बन्धका कारण गर्भ आएपछि बिष खाएको हुन सक्ने आशंका गरिएको छ ।
मृतकको पोष्टमार्टमको रिपोर्ट अनुसार तामाङको ६ महिनाको गर्भ समेत रहेको थियो । मृतकका देवर नरेन्द्र तामाङले गर्भमा छोराको लिंङ्ग पहिचान भएको बच्चा फेला परेकोे बताए । मृतकका श्रीमान् दिपकुमार तामाङ रोजगारीको सिलसिलामा दुई बर्षदेखि साउदी अरेवियामा छन् ।
२०६९ साल फाल्गुण २५ गते बैवाहिक सम्वन्धमा बाँधिएका दिपकुमार बिवाह गरेको एक महिनापछि मलेसिया गएका थिए । भाउजु बिवाह पछिको एक बर्षसम्म आमाबुवा सहितको संयुक्त परिवारमा हाँसी खुशी बस्नुभयो । तर, घरपरिवारका सदस्यसँग मनमुटाव बढ्दै गएपछि भाउजुले २०७० सालबाट आफ्ना बहिनीहरुसँग पोखराको बसोवास सुरु गर्नुभयो, मृतकका देवर नरेन्द्रले भने । श्रीमती पोखरामा बसे पनि दिपकुमार प्रायः घरमा फोन गरिरहन्थे । पोखरामा भाउजुलाई पनि फोन गर्नुहुन्थ्यो रे, नरेन्द्रले भने ।
दाई मलेसियबाट फर्केपछि भाउजुलाई पनि गाँउमा नै बोलाउनु भयो । मलेसियामा कमाएको पैसा गाउँमा बसेर सकिएपछि फेरि साउदी जाने निधो गर्नुभयो । दाईको सन्तान थिएनन् भाउजु आमाबुवासँग पनि मिलेर बस्नसक्ने छाँटकाँट थिएन, भाउजुको आमा बुवासँग बोलचाल बन्द थियो । अर्को घर बनाएको पनि थिएन भुकम्पले भत्किएको भैंसी बाँध्ने गोठ स्याहारेर भाउजु एक्लै बस्नुहुन्थ्यो । छुट्टाछुट्टै बसोवास भए पनि कँहिलेकाँही सासुबुहारीको झगडा परिरहन्थ्यो । गएको साउन महिनामा पनि घाँसको निँहुमा सासु बुहारीको झगडा हुँदा भाउजुले खुर्पाले हानेर आमाको दाँतै झारिदिनु भएको थियो नरेन्द्रले भने ।
गाउँमा भाउजुलाई सबैले “सोझी छे” भन्थे तर “यस्तो अवस्थामा भाउजुलाई देख्दा हाम्रो त होस हवास् नै गयो” नरेन्द्रले आश्चर्य मान्दै भने । “हामीले पहिला त दाइसँगको सम्वन्ध बिग्रिएको कारणले पो मृत्युको बाटो रोजेको हो कि भन्ने अनुमान लगाएका थियौं” तर त्यसो होईन रहेछ, उनले सुनाए । बुधवार बिहान माईतीबाट भाउजुका बुवा घरमा आउनु भएछ । दैलोमा ताल्चा झुण्डिएको देखेपछि बोलाउनु भएछ । घरमा हामी सबैजनाले माईती जानुभएको होला भन्ने ठानेका थियौं ।
त्यो दिन त्यत्तिकै बित्यो । बिहीबार बिहान घरनजिकैको खोल्सामा स्कूल जाने विद्यार्थीले भाउजुको लास देखेपछि खवर गरे र हामी जाँदा लाशको छेउमा नोभानको खाली बातल थियो । लासलाई कमिलाले खाँदै थियो नरेन्द्रले घटनाबारे जानकारी दिंदै भने ।
रामेछापमा यो मात्र पहिलो गर्वपछि आत्महत्याको घटना होईन । दुईमहिना अघि मात्रै रामेछाप नगरपालिका–४ की एक महिलाले श्रीमान् बिदेशमा भएकै बेला गर्र्भधारण गरी रुखमा झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

प्रतिकृया

Add