Hamro-Mobile-APP

सुन्दर गोपाल पौडेलको चढेछ जवानी

 मङ्लबार, साउन २२, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं– गायक सुन्दर गोपाल पौडेलको जवानी सार्वजनिक भएको छ । पौडेलले जवानी लुकाउन नसकेपछि सार्वजनकि भएको हो । सुन्दर गोपाल पौडेलको जवानी चढेपछि छताछुल्ल पोखिएको छ ।
प्रसंग गायक सुन्दर गोपाल पौडेलले हालै बजारमा ल्याएको “चढेछ जवानी” बोलको लोक गीतको हो । रामेछाप जिल्लाको भिरपानीमा जन्मिएका गायक सुन्दर गोपाल पौडेलले पहिलो लोक कोशेलीकोमा “चढेछ जवानी” बोलको गीत बजारमा ल्याएका हुन् ।
पौडेलको पहिलो कोशेलीको रुपमा रहेको “चढेछ जवानी” यूट्यूव मार्फत भर्खरै सार्वजनिक भएको हो ।
“चढेछ जवानी” मा गायक सुन्दर गोपाल पौडेर र गायिका प्रतिभा सापकोटाको स्वर रहेको छ । खड्ग गन्धर्वको लय शब्द रहेको “चढेछ जवानी” टि टाइमा म्यूजिक प्रालि मार्फत सार्वजनिक भएको हो ।
अडियोमा सार्वजनिक भएको “चढेछ जवानी” को म्यूजिक भीडियो पनि चाँडै बजारमा आउँने बताइएको छ ।

प्रतिकृया

Add