Hamro-Mobile-APP

“पानी नपरे हुन्थ्यो”

 शुक्रबार, साउन २५, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल


काठमाडौं– चर्चित लोक तथा देउडा गायक मनोज सिंह धामीले “पानी नपरे हुन्थ्यो” बोलको तीज गीत बजारमा ल्याएका छन् ।
“पानी नपरे हुन्थ्यो” तीज गीतको म्यूजिक भीडियो हालै यूट्यूव मार्फत पञ्चकन्या म्यूजिक प्रा.लिले सार्वजनिक गरेको हो ।
“पानी नपरे हुन्थ्यो” बोलको तीज गीतमा लय÷शब्द मनोज सिंह धामीको आफ्नै रहेको छ । “पानी नपरे हुन्थ्यो” मा धामी र माया पार्देको स्वर रहेको छ ।
गायक मात्र नभएर सर्जकको रुपमा रुपम समेत परिचित धामीले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर ख्याति कमाउन सफल भएका छन् ।
राजु खड्काद्धारा निर्मित “पानी नपरे हुन्थ्यो” गीतको संगीत पनि गायक धामी आफैले भरेका हुन् ।
“पानी नपरे हुन्थ्यो” गीतको भिडीयोमा लोकप्रिय अभिनेता शंकर विसी र पार्वती राइले अभिनय गरेका छन् ।

प्रतिकृया

Add