Hamro-Mobile-APP

सिर्जुको पहिरणमा प्रकाश भुतुक्कै

 बुधबार, साउन ३०, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल 


काठमाडौं– नेपाली नारीको मुख्य पर्वको रुपमा रहेको हरितालिका तीज नजिकिंदै गर्दा तीज गीत बजारमा ल्याउँने कालाकाहरुको होड चलिरहेको छ । नारीको पर्व तीजमा छोरी चेलीहरु माइती घर जाने र दुःख सुखका कथा बेथा एकआर्कोमा पोख्ने गर्दछन् ।
तीज गीत बुहारी चेलीको दुःख सुख र अविवाहित युवतीको मनका कुरा उजागार गर्ने खालको गाउँने गरिन्छ । पछिल्लो पटक तीज पर्व युवतीहरुको आफ्ना प्रेम कहानी पोख्ने मञ्चजस्तो पनि भएको छ । युवतीहरुले गीतको माध्ययमबाट आफ्ना मनका कुराहरु खोल्ने र अविवाहित युवाहरले पनि आफ्नो मनको कुरा खोल्ने सितल चौतारी बनेको छ तीज पर्व ।
यस्तै चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटवालले पनि तिज गित बजारमा ल्याएका छन् ।
गायक कटवाल र गायिका तथा मोडेल सिर्जु अधिकारीको जोडीलाई पछिल्लो समय सफल सांगितक जोडीको रुपमा लिइन्छ । कटवाल र अधिकारीले “पानी कुवाको” तीज गीत लिएर आएका छन् ।
विनोद ढकालको शब्द रहेको “पानी कुवाको” बोलको गीतमा प्रकाश कटवाल र सिर्जु अधिकारीको स्वर रहेको छ । गायक कटवालकै लय सृजना रहेको “पानी कुवाको” लाई स्मृति तिमिल्सिनाले निर्देशन गरेकी छन् ।
“पानी कुवाको” अभिनय गायक कटवाल, मोडेल तथा गायिका अधिकारी, धर्मेन्द्र मुस्कान केसी, र सन्ध्या बुढा (काउलिबुढी)ले गरेकी छन् ।
प्रकाश धमलाको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई स्मृति म्युजिक प्रालिले सर्वजनिक गरेको हो ।

प्रतिकृया

Add