Hamro-Mobile-APP

ऐतिहासिक किल्ला सिन्धुलीगढीको पुननिर्माण गर्ने घोषणा

 आइतवार, कार्तिक २५, २०७५ | onlinenews

सिन्धुलीः राज्यवादी ब्रिटिस अंग्रेलाई हराउन नेपालका गार्खाली सेनाले प्रयोग गरेको एतिहासिक थला सिन्धुल गढिको पुननिर्माण गर्ने घोषणा गरिएको छ ।
साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाई ऐतिहासिक सिन्धुलीगढी किल्लामा नेपाली वीर गोर्खाली सेनाले परास्त गरेको शनिबार २५१ वर्ष पूरा भएको छ ।
व्रिटिस अंग्रेज फौजसँगको युद्धलाई जितेको २५१ वर्षपछि ऐतिहासिक सिन्धुलीगढी किल्लाको पुननिर्माण गर्ने घोषण गरिएको हो ।
सिन्धुलीगढीमा आयोजित विजय उत्सव कार्यक्रमलाई संवोधन गर्दै नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरीक उडड्यान मन्त्री रवीन्द्र अधिकारीले साम्राज्यबादी व्रिटिस अंग्रेज फौजसँगको युद्धलाई जितेको २५१ वर्षपछि ऐतिहासिक सिन्धुलीगढी किल्लाको पुननिर्माणको गर्ने घोषणा गरेका हुन् ।
मन्त्री अधिकारीले सिन्धुलीगढीमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दै देशकै प्रमुख पर्यटन गन्तब्यका रूपमा विकास गर्नेगरी सिन्धुलीगढी क्षेत्रको पुननिर्माण अभियानको थालनी भएको उद्घोष गरेका छन् ।
मन्त्री अधिकारीले पुननिर्माणका लागि एक साताभित्रै टेण्डरको आह्वान गर्न कमलामाई नगरपालिकालाई निर्देशन समेत दिएका छन् ।
सगरमाथाको भन्दा उच्च गरिमा रहेको सिन्धुलीगढीको ऐतिहासिक महत्वअनुसार नै पुननिर्माण गरिने मन्त्री अधिकारीले बताए । गढी किल्ला र गढी दरबारको पुननिर्माणका लागि लाग्ने बजेटको अभाव नहुने पनि उनले बताएका छन् ।
प्रकृया पूरा गरेर आगामी दुई वर्षभित्रै सम्पन्न गर्ने गरी एक हप्ताभित्रै टेण्डरको आह्वान गर्न कमलामाई नगरपालिकालाई मन्त्री अधिकारीले आग्रह गरेका छन् । प्रक्रिया पूरा गर्न समय लागेमा ढिलोमा एक महिनाभित्र टेण्डर गरिसक्न पनि निर्देशन दिएका छन् ।
मन्त्री अधिकारीले नेपाली भूमि हडप्दै नेपाललाई पनि उपनिवेश बनाउँन आएका अंग्रेज फौजलाई परास्त गरेर नेपाल र नेपालीको शीर उच्चा राख्न सफल ऐतिहासिक सिन्धुलीगढी किल्ला अब देशकै प्रमुख पर्यटकीय गन्तब्य बनाउँन केन्द्रीय सरकार प्रतिबद्ध भएको बताए ।
सिन्धुलीगढीको पुननिर्माणका लागि कमलामाई नगरपालिकाको पहलमा गैर आजासी नेपाली संघले (एनआरएन)ले हालैमात्र गुरुयोजना निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको छ । गुरुयोजनामा सिन्धुलीगढीको पुनर्निर्माणका लागि १७ करोड रुपैयाँ लाग्ने उल्लेखे छ ।
सिन्धुलीगढी किल्ला नेपाली वीर गोरखालीको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ कात्तिक २४ गतेका दिन साम्राज्यबादी व्रिटिस अंग्रेज फौजलाई हराएको ऐतिहासिक स्थल हो ।
संसारका शक्तिशाली देशहरूलाई उपनिवेश बनाउँदै आएको अंग्रेजहरूको बृटिश सेनालाई सिन्धुलीगढीमा हराएर नेपालको सार्वभौम र अखण्डता जोगाएको २५१ वर्ष पूरा भएको छ ।
अंग्रेज विरुद्ध विर गोर्खालीहरूले जितेर विजय प्राप्त गरेको स्मरणमा आठौं सिन्धुलीगढी विजय उत्सव शनिरबार मनाएको हो । २०६७ सालमा नेपाल पत्रकार महासंघ सिन्धुलीले पहिलो पटक गढीमा विजय उत्सव मनाएपछि त्यस यताका हरेक वर्ष कात्तिक २४ गते निरन्तर विजय उत्सव मनाइदै आएको छ ।
कमलामाई नगरपालिका ३ मा पर्ने सिन्धुलीगढी सरकारले सन् २०२० का लागि लक्षित गर्दै घोषणा गरेको देशका एक सय उत्कृष्ठ पर्यटन गन्तब्य मध्येको एक हो ।
कार्यक्रममा प्रदेश तिनका अर्थमन्त्री कैलाश ढुङ्गेलले गढीको विकास गर्दै प्रदेश १ का उपत्यका बाहेकका १० जिल्ला मध्येको उत्कृष्ठ पर्यटकीय गन्तब्य स्थलको रूपमा विकास गर्न प्रदेश सरकारले सबै प्रकारका सहयोग गर्ने बताए ।
कार्यक्रममा जिल्लाबाट निर्वाचित संसदहरू तथा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले १ सय ३५ विगाहामा फैलिएको सिन्धुलीगढी क्षेत्रको बृहत्तर विकासका लागि प्रदेश र केन्द्रीय सरकारसँग सहयोगका लागि आग्रह गरेका छन् ।
सिन्धुलीगढी दरबारको स्थापनाको मिति एकीन नभए पनि विस १८२४ भन्दा धेरै वर्ष पहिलानै स्थापना भएको अनुमान गरिएको छ । २०२० सालभन्दा अघि सिन्धुलीको सम्पूर्ण प्रशासनिक निकायदेखि अड्डा अदालत पनि गढीमै थिए ।
त्यसअघि गढी दरबारको रेखदेख र संरक्षण गोरखकाली फौजले गर्दै आएको थियो । तर २०२० सालपछि जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा झारेपछि यस क्षेत्र ओजेलमा पर्दै गएको छ ।

प्रतिकृया

Add