Hamro-Mobile-APP

सम्बन्धित वडामा कार्यालय स्थापना गर्न नगरपालिकाको निर्देशन

 सोमवार, कार्तिक २६, २०७५ | onlinenews

राजिव कार्की


रामेछापः रामेछाप जिल्लाको मन्थली नगरपालिकाले मन्थली नगरपालिका अन्तर्गतका सबै वडाहरुलाई सम्बन्धित वडाकोे पायक पर्ने स्थानमा कार्यालय स्थापना गरि सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

वडा कार्यालको गतिविधि मन्थलीबाट सञ्चालन गरिएको र सम्बन्धित वडाहरुमा जनप्रतिनिध र कर्मचारी नभेटिएको जनगुनासो आएकाले मन्थली नगरपालिका अन्तर्गका १४ वटा वडा कार्यालयहरु सम्बन्धित वडामै स्थापना गरि कार्य सञ्चालन गर्न नगरकार्यकालिकाले निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

नगर कार्यपालिकाले वडाहरुको स्थलगत अनुगमन गर्ने क्रममा सम्बन्धित वडाहरुमा वडा कार्यालय नरहेको पाइएपछि नगरकार्यपालिकाले सम्बन्धित वडामै कार्यालय स्थापना गरि काम गर्न निर्देशन दिएको हो ।

मन्थली नगरपालिका अन्तर्गतका धरैजसो वडा कार्यालयहरुले सदरमुकाम मन्थलीमा सम्पर्क कार्यालय स्थापना गरि कार्य सञ्चालन गर्दै आइरहेका छन् । जसका कारण एउटा सिफारिसका लागि पनि सेवाग्राही सदरमुकाम आउनुपर्ने बाध्यता छ ।

सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याउने उद्देश्यले संघीय लोकतान्त्रिक व्यवस्थाको मर्म र भावना अनुरुप स्थानीय तहको निर्वाचन र त्यसबाट चुनिएका जनप्रतिनिधिहरुले नै नागरिकहरुलाई सास्ती दिनु दःुखद भएको भन्दै नगरपालिकाले आउँदो मंसिर १५ गते भित्र तोकिएको मापदण्ड बमोजिम सम्वन्धित वडामा कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ ।

यस्तै नगरपालिकाले वडा कार्यालहरुलाई आपूmखुसी जनशक्ति व्यवस्थापन नगर्न पनि सचेत गराएको छ । मन्थली नगरपालिकाले नगरपालिका अन्तर्गत रहि काम गरिरहेका सामाजिक परिचालकहरुलाई गएको असोज मसान्तमै सेवाबाट हटाउने निर्णय गरेको थियो ।

असोज मसान्तसम्मको तलवभत्ता, चाँडपर्व खर्च लगायत उनीहरुले पाउने सेवासुविधा सहित सेवाबाट हटाइए पनि केहि वडा कार्यालयहरुले वडा सञ्चालन खर्चबाटै तलव सुविधा भुक्तानी गर्ने गरि काममा लगाइराखेको पाइएकोले समाजिक परिचालकलाई हटाउन पनि निर्देशन दिइएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए ।

नगर कार्यपालिकाको निर्णय बेगर स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) अन्र्तगत कार्यरत सामाजिक परिचालकहरुलाई पुनः काममा लगाए नगरपालिकाले भुक्तानि नगर्ने पनि खड्काले बताए ।

प्रतिकृया

Add