नेकपा रामेछाप नगर कमिटीको एकजुट भएर अघि बढ्न अपिल
सोमवार, माघ ५, २०७७
रामेछापः गैरसरकारी संस्था महासंघ नेपाल रामेछापका नवनिर्वाचित अध्यक्ष भुवनकुमार श्रेष्ठले अब रामेछाप जिल्लामा एउटामात्रै गैरसरकारी संस्था महासंघ हुने बताएका छन् ।
रामेछाप जिल्लामा गैरसरकारी संस्था महासंघ नेपाल र लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ गरि दुई वटा महासंघ रहेको छ ।
लोकतान्त्रि गैरसरकारी संस्था महासंघ नेपाली काँग्रेसको भातृ संगठन भएको भन्दै अब “गैरसरकारी संस्था महासंघ नेपाल” नै आधिकारिक गैरसरकारी संस्था महासंघको रुपमा रहने अध्यक्ष श्रेष्ठले बताए ।
गैरसरकारी संस्था दर्ता गर्दा दिइने सिफारिस “गैरसरकारी संस्था महासंघ नेपाल” ले दिएको सिफारिस मात्र आधिकारिक हुने र गैसस महासंघ नेपाल बाहेकका महासंघले दिने गरेको सिफारिसलाई रोक्ने पनि उनले बताए ।
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघसँग एकता गरी एउटै महासंघ बनाउनको लागि गैसस महासंघले पहल गर्ने पनि उनले बताए ।
गैसस महासंघ नेपालले सबै गैरसरकारी संस्थाहरुलाई समेत साथमा लिएर अगाडि बढ्ने र गैसस महासंघमा आवद्ध नभएका सामाजिक संस्थाहरुलाई महासंघमा आवद्ध गराउन अभियान चलाउने अध्यक्ष श्रेष्ठको भनाई छ ।
गैसस महासंघ नेपाल रामेछापको नवनिर्वाचित कार्यसमितिको पहिलो काम सामाजिक संघसंस्थाको समस्या सामाधान गर्नु हुने पनि श्रेष्ठले बताए । गैसस महासंघले रणनैतिक योजना निर्माण गरेर स्थानीय सरकार र सामाजिक संघसंस्थाहरुसँग हातेमालो गरेर अगाडि बढ्ने पनि अध्यक्ष श्रेष्ठले बताएका छन् ।
गैसस महासंघ नेपाल रामेछापको नवनिर्वाचित कार्यसमितिले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
शनिबार सम्पन्न भएको गैसस महासंघ नेपाल रामेछापको अधिवेशनले भुवनकुमार श्रेष्ठ अध्यक्ष रहेको १३ सदस्यीय कार्य समिति चयन गरेको थियो ।
कार्यसमितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष– रत्नप्रसाद कडेल, सचिव बलराम लामा, सह–सचिव गम्भीर बिक र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहेकी छन् ।
त्यसैगरी सदस्यहरुमा चन्द्रबहादुर खाती, कर्ण विक, मुना कडेल, सर्मिला भण्डारी, दीपा थापा, नोर्बु योञ्जन, सोनु रोका, मिलनकुमार घिसिङ र यसोदा सुवेदी रहेका छन् ।