Hamro-Mobile-APP

मेहनतीलाई पैसा कमाउन विदेश जानुपर्दैन

 सोमवार, मंसिर १०, २०७५ | onlinenews

रामेछाप: बारीभरी सयपत्री फूल, खोरमा ४३ वटा बाख्रा अनि टनेलभित्र र बाहिर लटरम्मै फलेका गोलभेंडा । तरकारीको लागि बनाइएको प्लाष्टिक पोखरीको बाहिरपट्टि पहेंलपुर पाकेका हलुवाबेद, सुन्तला, जुनार, कागति र कफिको बगैँचा ।
भर्खरै बनेका दुईवटा भूकम्प प्रतिरोधि घरको भुइतलामा रहेको बाख्राको आधुनिक खोरको छेउमा क्यारेट राखि मोटर साइकलमा बोक्न मिल्ने गरि बनाइएको फलामको औजार देख्न सकिन्थ्यो ।
यो रामेछापको मन्थली नगरपालिका–१४ फुलासी, चौहानटारका कृषक खिमबहादुर अधिकारीको बाख्रा पालन, तरकारी खेती तथा फलपूmल खेती प्रसंग हो । त्यहाँ पुग्ने जो कोहीलाई पनि अधिकारीको तरकारी खेती अनि फलपूmल बगैँचाको दृश्यले मोहित बनाउँछ । फलफूल, तरकारी र बाख्रा पालनबाट वार्षिक दश लाख भन्दा बढि कमाई हुन्छ अधिकारीको ।
तीन छोरी र एक छोरा काठमाडौंमा पढाइरहेका अधिकारीको घरमा भने एक दम्पत्ती मात्रै छन् । अधिकारी दम्पती बिहान ४ बजेदेखि नै घरधन्दामा जुट्छन् । बाख्राको लागि दैनिक ३ पाथी अन्नको कुँडो पकाउनु पर्छ । खोर सफा गरि बाख्राको मुत्रजम्मा गर्ने, पानी पोखरीमा मुत्र मिसाएर तरकारी खेतीमा लगाउने र बाख्रालाई घाँसको ब्यवस्था गरि बारीबाट गोलभेंडा टिपेर बजारमा पु¥याउन समेत आफै भ्याउँछन् अधिकारी । क्यारेटमा राखिएको गोलभेडा मोटसाइकलको पछाडि बाँधेर बजारसम्म पु¥याउने गरेका छन् उनले ।
बाख्रा पालन व्यवसायको लागि उनकी श्रीमतिको परिश्रम पनि बयान गरी नसक्नुको छ । अहिले बाख्रा ब्याउँने सिजन भएकाले दैनिकजसो बाख्राले पाठापाठी जन्माउने गरेका छन् । जन्मिएका पाठापाठीको स्याहार गर्ने, बाख्रालाई घाँस दिने, खोले खुवाउने, बारीका गोलभेंडा टिपेर ग्रेडिङ गरी प्याकिङ गर्नु उनको नियमित काम नै हो ।
“धेरै जनशक्तिले थोरै काम गर्नु भन्दा थोरै जनशक्तिले धेरै काम गर्दा राम्रो कमाई हुने अधिकारीको भनाई छ । ६ जना दाजुभाई रहेका अधिकारीको अंशमा जग्गा ३ रोपनी मात्रै छ । व्यवसाय गर्ने सोचले गाउँ फर्केपछि १५ रोपनी जग्गा भाडामा लिएर बाख्राको लागि घाँस लगाएका छन् । बाख्रा पालन र तरकारी ब्यवसायबाट ती दम्पत्ती वार्षिक १० लाख भन्दा बढि आम्दानी लिन्छन् ।

पैसा कमाउन शहर पसे आखिर गाउँकै माटोमा सुन भेटियो

गरिबिको कारण खिमबहादुरले १३ बर्षको उमेरमै घर छाडेर शहर छिरे । “मिठो खाने, राम्रो लाउने” सपना देखेर शहर पसेका उनले सोचेजस्तो भएन ।
शहरमा आफू सरहका केटाकेटि सफा सुघ्घर भएर स्कूल गएको देख्दा उनको मन कुँडिन्थ्यो । तर, उनलाई पेट पाल्नकै लागि नाम्लो समाउनु पर्ने बाध्यता थियो । पहिलो चोटि शहर पसेका उनलाई भारी बोक्नु परेकोमा विस्मत भने थिएन । गाउँमा चालमको भात खान दशैँ तिहार वा कसैको श्राद्ध नै कुर्नुपर्ने उनले शहरमा भारी बोक्नु परे पनि चालमकै भात खान पाएकोमा सुन्तुष्ट थिए ।
उनी भारी बोक्न कुरेर सडक गल्ली र चोकमा बस्थे । भारी बोक्न कुरेर बस्नेहरुमा खिमबहादुर सबै भन्दा सानो उमेरका थिए । सानो देखेर भारी बोकाउनेले पनि उनलाई भारी बोक्न दिन गाह्रो मान्थे । सानो भएकै कारण भारी बोक्न नपाउँदा उनलाई खल्लो लाग्थ्यो ।
“भारी बोकेर खाएको चामलको भातले गालामा मासु थपियो । आफूलाई अलि बलियो भएझैं लाग्न थाल्यो, अनि पेशा फेर्ने निधो गरे उनले । त्यसपछि ढलान टोलीसँग मिलेर काम गर्न थाले उनी ।
ढलान गर्नेको ज्याला ३० रुपैयाँ थियो । तर, उनले अरुको भन्दा ५ रुपैयाँ कम ज्याला पाउँथे । बिहानदेखि बेलुकासम्म काम गर्दा पाउँने ज्यालामा पनि कुनै गुनासो थिएन उनलाई ।
दुःख गरेर २ जोर राम्रा लुगा पनि किने । उनलाई त्यतिमा नै सन्तुष्टि मिलेको थियो । यसरी ढलान गर्ने साथीहरुसँग मिलेर २०४७ सालदेखि ३ बर्षसम्म काम गरे उनले ।
सिमेन्टको केमिकलले हातमा छिद्रा पर्न थाल्यो, हातमा घाऊ भयो । खाना खाँदा पनि हातको घाऊ चहराउँथ्यो । त्यही दुखेको घाउले दैनिकी बदल्यो । गलैँचा कारखानामा काम सिक्ने निधो गरे । त्यतिबेला उनी १९ वर्षका थिए । बल भरिएको थियो । जे काम अहराए पनि गर्न सक्ने आँट थियो उनमा ।
एक वर्ष काठमाडौं बौद्धको छिरिङ कारखानामा गलैँचा सिकेपछि उनी कारखानामा हुने सबै काम गर्न सिपालु भए । काम सिकेपछि उनको तलब ६ सय रुपैयाँ भयो । गलैैँचा कारखानमा काम गरेको ५ वर्षमा उनी कारखानाको मास्टर समेत बने । ११ वर्ष मास्टर भएर कारखाना धानेका उनी फेरि मेनेजर बने । मेनेजर भएपछि मासिक २५ हजार रुपैयाँ तलब पाउन थाले ।
कारखानामा काम गर्दागर्दै घरमा बिहेको कुरा चल्यो । बिहे पनि गरे । कारखानामा राम्रै तलब पाउने भएकोले श्रीमतीलाई पनि साथमै लिएर गए । काठमाडौंमै छोरी जन्मिएपछि अझ जिम्मेवारी बढ्यो । सधैं अर्काको निर्देशनमा काम गर्नुपर्दा खल्लो महसुस हुन थाल्यो ।
त्यसपछि पुनः पेशा बदल्ने निधो गरे अधिकारीले । २०६५ सालमा ट्याक्सी र मोटर साइकलको लाइसेन्स लिएपछि ट्याक्सी चलाउन थाले । साहुलाई तेल हालेर भाडा वापत दैनिक ५ सय रुपैयाँ तिर्नुपथ्र्यो । ट्याक्सी चलाउँदा कहिले धम्की खानुपर्ने, कहिले कुटाई खानुपर्ने, कहिले भाडा नै नपाउने भएपछि आफ्नै गाउँमा बाख्रापालन गरी सफल उद्यमी बन्ने सपना बोकेर परिवार सहित फेरि गाउँ फर्किए खिमबहादुर अधिकारी ।

विना योजना नै व्यवसाय गर्दा समस्या

बाख्रापालन गर्न टेलिभिजनमा आउने कृषि कार्यक्रमले उत्साहित बनायो । गाउँ फर्कने बित्तिकै जागिर र ट्याक्सी चलाएर कमाएको केहि पैसाले २० वटा माउ बाख्रा किने । तर बाख्रा पालन नाफामा जानुको साटो झन् घाटा हुने डर भयो । किन्दा बाख्रा बलिया थिए, झन् दुव्लाउँदै गए । किनकी उनले घाँसको लागि सोचेकै थिएनन् । अन्न खुवाउन पर्याप्त जमिन थिएन । व्यवसायबाट घाटा हुने अनुमान गर्दै बाख्राको संख्या घटाउन थाले ।
तर उनले बाख्रा पालन व्यवसायको राम्रो बजार देखेका थिए । बाख्रा पालन गर्नको लागि अरुको जमिन भाडामा लिएर घाँस रोपे । त्यतिबेला उनको खोरमा बाख्राको साटो बारीमा तरकारी व्यवसाय थियो । तरकारी फल्यो तर गाउँमा तरकारी किनेर खाने चलन थिएन । बारीमा फलेको काउली डोकोमा बोकेर गाउँभरी घुमाउँदै बिक्री गर्न थाले उनी । तरकारी माग्न आउनेलाई तरकारी मागेर खाने होइन, मेरोजस्तो परिश्रम गर्नु भन्ने जवाफ दिन्थे उनी । त्यही एक सिजनमा फलेको काउली बेचेर मात्रै उनले गाउँमा नयाँ घर बनाए ।
घाँसका विरुवा हुर्कदै गए । तरकारी खेती फस्टाउँदै गयो । फेरि खोरमा माउ बाख्रा पाल्न सुरु भयो । २०७२ सालबाट बाख्रा पालन सुरु गरेका उनको खोरमा अहिले ४३ वटा खसी बाख्रा छन् ।

सफल कृषक बन्ने सपना

अहिले गाउँमा उनले व्यवसाय मात्रै गरेका छैनन् । विद्यालय व्यवस्थापन समितिको सदस्य, कृषि सहकारी संस्थाको अध्यक्ष समेत भएर काम गरिरहेका छन् । पढ्ने उमेरमा नै शहर छिरेका उनलाई काम गर्न पढाइले रोकेको छैन । भन्छन्–कृषि क्षेत्रमा लागेको छु, एकदिन म सफल कृषकको रुपमा जिल्लामा पहिचान बनाउनेछु । तर, म एक्लैले योे सपना पूरा हुँदैन । उनी भन्छन् सिंहदरबारको अधिकार सहितको स्थानीय सरकारले ‘म’जस्ता मेहनति कृषकको लागि सहयोगको कार्यक्रम सञ्चालन गर्नुपर्छ । युवालाई स्वदेशमै स्वरोजगार बनाउने दायित्व स्थानीय सरकारले लिनुपर्छ ।

प्रतिकृया

Add