Hamro-Mobile-APP

गैसस महासंघको केन्द्रीय सदस्यमा रामेछापबाट पनि उम्मेदवारी

 शुक्रबार, मंसिर १४, २०७५ | onlinenews

रामेछापः गैरसरकारी संस्था महासंघ नेपालको नबौं महाधिवेशनमा रामेछाप जिल्लाबाट केन्द्रीय सदस्य पदको लागि मिलनकुमार घिसिङले उम्मेदवारीको दावि गरेका छन् । ।
लामो समयदेखि गैरसरकारी क्षेत्रमा क्रियाशील घिसिङले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिन लागेका हुन् । जिल्लालाई कार्यक्षेत्र बनाएर गैरसरकारी संस्थाको नेतृत्व गर्दै आएका घिसिङले जिल्ला मात्रै नभएर गैससको क्षेत्रमा देशकै नेतृत्व गर्न आफू सक्षम रहेकाले केन्द्रीय सदस्यको लागि उम्मेदवारी तयारी गरेको बताएका छन् ।
काठमाडौंमा जारी गैरसरकारी संस्था महासंघको २४ औं साधारणभास तथा नबौं महाधिवेशनमा घिसिङले उम्मेदवारी दिन लागेका हुन् । निर्वाचन मंसिर १५ गते अर्थात भोली हुने छ ।
गैसस महासंघलाई थप प्रभावकारी, एकतावद्ध र समावेशी वनाउनका लागि पनि आफ्नो उम्मेदवारी आवश्यक भएको घिसिङको भनाई छ ।
अन्तर्राष्ट्रिय गैसससँग समेत सम्बन्ध विस्तार गर्न सफल घिसिङले आपूm महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएमा गैर सरकारी संस्था र अन्तर्राष्ट्रिय गैससबीचको साझेदारितालाई पारास्पारिक सम्मानपूर्ण, परादर्शी बनाउँददै स्थानीय साझेदारितामा जोडदिने समेत प्रतिवद्धता जनाएका छन् ।
त्यसैगरी गैसस महासंघलाई सुदृढ र ग्रामीण तहसम्म पु¥याई स्थानीय संस्थाहरुको क्षमता विकास, कृयाशीलता र स्रोतमाथिको पहूँच स्थापित गर्न पहल गर्ने उनको भनाई छ । सरकारी तथा गैससबीच साझेदारिताको अभ्यासका लागि वकालत, सामाजिक विकास ऐनको पक्षमा वकालत एवं गैससमैत्री वातावरण निर्माणमा आफ्नो जोड रहने घिसिले बताए । गैरसरी संस्था महासंघ जन्माउने रामेछाप जिल्लाको गैरसरकारी संस्थार्कीको हैसियले पनि आपूmले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको घिसिङले बताए । गैसस महासंघको केन्द्रको सस्थापक अध्यक्ष स्वर्गीय जगदिश घिमिरे थिए । त्यसबाहेक अहिलेसम्म रामेछाप जिल्लाबाट केन्द्रीय समितिमा कसैको पनि प्रतिनिधित्व रहेको छैन ।

प्रतिकृया

Add