Hamro-Mobile-APP

रामेछापमा गणेशमान सिंह स्मृति भलिबल प्रतियोगिता हुने

 शुक्रबार, मंसिर १४, २०७५ | onlinenews

 रामेछाप: जिल्लामा वीर गणेशमान सिंह स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता हुने सञ्चालन भएको छ ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको यही मंसिर २५ गते देखि २९ गतेसम्म वीर गणेशमान सिंह स्मृति जिल्ला स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
भलिबल प्रतियोगितासँगै खेलाडी सम्मान र बृहत सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका सचिव वाशु फुयालले जानकारी दिए ।
प्रतियोगिताका विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी द्धितीय हुनेले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र सिल्ड, मेडल र प्रमाणपत्र र तृतीय हुनेले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कार नगद ११ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ ।

प्रतिकृया

Add