Hamro-Mobile-APP

गैसस महासंघको केन्द्रीय सदस्यमा रामेछापबाट घिसिङको उम्मेदवारी दर्ता

 शनिबार, मंसिर १५, २०७५ | onlinenews

रामेछापः गैरसरकारी संस्था महासंघ नेपालको नबौं महाधिवेशनमा रामेछाप जिल्लाबाट केन्द्रीय सदस्य पदको लागि मिलनकुमार घिसिङले उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि गैरसरकारी क्षेत्रमा क्रियाशील घिसिङले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएका हुन् । जिल्लालाई कार्यक्षेत्र बनाएर गैरसरकारी संस्थाको नेतृत्व गर्दै आएका घिसिङले जिल्ला मात्रै नभएर गैससको क्षेत्रमा देशकै नेतृत्व गर्न आफू सक्षम रहेकाले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएकोे घिसिङको भनाई छ ।
काठमाडौंमा जारी गैरसरकारी संस्था महासंघको २४ औं साधारणभास तथा नबौं महाधिवेशनमा घिसिङले जनताजति तर्फबाट उल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता भएको हो ।
घिसिङले आपूm केन्द्रीय सदस्यमा निर्वाचित भएमा गैसस महासंघलाई थप प्रभावकारी, एकतावद्ध र समावेशी वनाउनका लागि आवश्यक योगदान गर्ने बताएका छन् ।
अन्तराष्ट्रिय गैसससँग समेत सम्बन्ध विस्तार गर्न सफल घिसिले आपूm महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएमा गैर सरकारी संस्था र अन्तराष्ट्रिय गैससबीचको साझेदारितालाई पारास्पारिक सम्मानपूर्ण, परादर्शी बनाउँददै स्थानीय साझेदारितामा जोडदिने प्रतिवद्धता जनाएका छन् ।
त्यसैगरी गैसस महासंघलाई सुदृढ र ग्रामीण तहसम्म पु¥याई स्थानीय संस्थाहरुको क्षमता विकास, कृयाशीलता र स्रोतमाथिको पहूँच स्थापित गर्न पहल गर्ने उनको भनाई छ । सरकारी तथा गैससबीच साझेदारिताको अभ्यासका लागि वकालत, सामाजिक
विकास ऐनको पक्षमा वकालत एवं गैससमैत्री वातावरण निर्माणमा आफ्नो जोड रहने घिसिले बताए । गैरसरी संस्था महासंघ जन्माउने रामेछाप जिल्लाको गैरसरकारी संस्थार्कीको हैसियले पनि आपूmले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको घिसिङले बताए । गैसस महासंघको केन्द्रको सस्थापक अध्यक्ष स्वर्गीय जगदिश घिमिरे थिए । त्यसबाहेक अहिलेसम्म रामेछाप जिल्लाबाट केन्द्रीय समितिमा कसैको पनि प्रतिनिधित्व रहेको छैन ।

गैसस क्षेत्रमा घिसिङको योगदान

२ दशक भन्दा लामो समयदेखि बढी गैरसरकारी क्षेत्रमा क्रियाशिल घिसिङले गैसस महासंघ जिल्ला शाखाको स्थापनामा महत्वपूर्ण भूमिका गरेका थिए । वि.सं. २०६४ देखि २०६७ सम्म गैसस महासंघ जिल्ला शाखा रामेछापको सचिव, वि.सं.२०६७ देखि २०७१ सम्म उपाध्यक्ष र वि.सं. २०७२ देखि २०७६ सम्म अध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।
जिल्लमा नागरिक अगुवाको रुपमा कार्यरत घिसिङले गैरसरकारी क्षेत्रबाट जिल्लाको विकासमा योगदान पु¥याए वापत जिल्ला विकास समितिबाट सम्मानीत समेत भएका थिए ।

प्रतिकृया

Add