Hamro-Mobile-APP

सवारी जाँचको क्रममा ठूलो मात्रामा भेटियो लागू औषध

 सोमवार, पुस २, २०७५ | onlinenews

बर्दिबास– महोत्तरीको बर्दिबासमा प्रहरीले सवारीका साधन चेक जाँच गर्ने क्रममा ठूलो मात्रामा लागू औषध बरामत गरेको छ ।
प्रहरीले सवारी चेकजाँचका क्रममा राजविराधबाट काठमाडौं जाँदै गरेको बा ५ ख ६८१९ नम्बरको हायस गाडीबाट डि लेक्स डिसि (सिरब ) ६ सय एम एल को सय बोत्तल र नाइट्रोभेट ट्याब्लेट ६ सय पिस र कटारीबाट काठमाडौं जाँदै गरेको बा ३ ख ७४६८ नम्बरको बसबाट डि लेक्स डिसि १ सय एम एलको २९ बोत्तल र आधा लिटर को ३ वटा ड्युको बोत्तलमा लुकाई राखेको ६ सय एम एल को डिलेक्स डिसि (सिरब) लागू औषध बरामत गरिएको प्रहरीले जनाएको छ ।
हायस गाडीमा लागु औषध लैजाँदै गरेका सिराहको विष्णुपूर गाँउपालिका–१ घर भएका २५ वर्षिय अमर कुमार शर्मा (ठाकुर) पक्राउ परेका छन् भने बसमा लागु औषध लुकाएर ल्याउने ब्यक्ति फरार रहेको बर्दिबासका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add