Hamro-Mobile-APP

छिमेकीमाथि खुकुरी प्रहार गर्ने दुई लाख धरौटीमा छुटे

 बुधबार, पुस ४, २०७५ | onlinenews

रामचन्द्र वि.क.
रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिका–१ गोठगाउँका ४० वर्षिय पहलबहादुर सार्कीलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ परेका हरिभक्त खत्री दुई लाख धरौटीमा छुटेका छन् ।
जिल्ला अदालत रामेछापले उनलाई मंगलबार दुई लाख धरौटी लिएर तारेखमा छोडेको हो । खुकुरी प्रहार गर्ने खत्रीलाई प्रहरीले ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।
मंसिर १३ गते सार्कीलाई खत्रीले टाउको र हातमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका सार्कीको उपचार भइरहेको र अवस्था सामन्य हुँदै गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add