Hamro-Mobile-APP

दोश्रो नेपाल आइडल भने रवि ओड

 शुक्रबार, पुस ६, २०७५ | onlinenews

काठमाडौं– दोस्रो नेपाल आइडल रवि ओड बनेको छन् । दोश्रो नेपाल आइडलको उपाधिसँगै ओडले नगद पुरस्कार प्राप्त गर्दै विश्व भ्रमणको अवसरसमेत पाएका छन् ।
कञ्चलनपुर बस्दै आएका रविको पुख्यौली घर अछाम हो । उनले धनगढीमा भएको अडिसनबाट नेपाल आइडलको यात्रा सुरु गरेका थिए ।
उनले निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा तथा इन्दिरा जोशीको निर्णय तथा प्राप्त भएका भोटका आधारमा उपाधि हात पारेका हुन् ।
त्यसैगरी पोखराका बिक्रम बरालले दोस्रो तथा सुमित पाठकले तेस्रो स्थान प्राप्त गरे भने झापाकी अस्मिता अधिकारी चौथो भएकी छन् ।
पुल्चोकमा रहेको इञ्जिनियिरङ कलेजको मैदानमा भएको ग्राण्ड फिनालेमा अन्तिम ४ मा पुगेका रबि ओड, बिक्रम बराल अस्मिता अधिकारी र सुमित पाठकलगायत उत्कृष्ट १० मा पर्न सफल कृशल कँडेल, पवन गिरी, नीलिमा थापा मगरले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

प्रतिकृया

Add