Hamro-Mobile-APP

सवारी दुर्घटनामा खाँडादेविका प्रवक्ता घाइते

 शनिबार, पुस ७, २०७५ | onlinenews

रामेछाप– रामेछापको माकादुमबाट शुक्रबार काठमाडौं जाँने क्रममा रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिकाको प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष पुष्कर कार्की मोटरसाइकल दूर्घटनामा परि घाइते भएका छन् ।
काभ्रे जिल्लाको दाप्चामा पुग्दा कार्कीलाई पछाडिबाट आइरहेको बोलेरो जीपले ठक्कर दिएपछि उनी सवार मोटरसाइकल अगाडि गुडिरहेको गाडीमा ठोक्कीन पुगेको थियो । वा.३ प २०० नम्बरको सरकारी नम्बर प्लेटको पोल्सर मोटरसाइकलमा सवार कार्कीको दुर्घटनामा परि घुडामा चोट लागेको छ ।
दुर्घटनाको समयमा नेपाली सेनाको गाडी पडाडिबाट आउँदै गरेकाले आफू थप क्षति हुनबाट बचेको प्रवक्ता कार्कीले बताए । उनले भने– दुर्घटनाको समयमा नेपाली सेनाको गाडी आउँदै गरेको अवस्था नरहेको भए मलाई ठक्कर दिने बोलेरोले नियतबस किच्न सक्ने अवस्था थियो ।

प्रतिकृया

Add