Hamro-Mobile-APP

हिमालय उर्जा विकास कम्पनीद्धारा शेयर बाँडफाँड

 शनिबार, पुस ७, २०७५ | onlinenews

रामेछाप- हिमालय ऊर्जा विकास कम्पनीले साधारण शेयर (आईपिओ) बाँडफाँड गरेको छ । कम्पनीले कार्तिक ६ गतेदेखि आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाबासीका लागि मंसिर ५ गतेसम्म निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीको आइपिओमा अति प्रभावित र प्रभावित क्षेत्रका स्थानीयहरूबाट ७ हजार ४० जनाले ११ लाख ९८ हजार ९७० कित्ता शेयर आवेदन गरेकामा सबै आवेदकले शेयर पाएका छन् ।
आयोजनाबाट अति प्रभावित रामेछापको गोकुलगंगा गाँउपालिकाको चुचुरे, ठोसे, रस्नालु, नामाडी, बेलाती र दोलखा जिल्लाको जिरी नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाहरुबाट न्यूनतम ५० कित्ता देखि ४ सय ५० कित्तासम्म शेयरका लागि आवेदन गरेका थिए ।
५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने सबै आवेदकलाई न्यूनतम ४५० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको २३० कित्ता शेयर ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने कूल ३८७ आवेदकमध्ये गोलाप्रथाबाट २३ जना आवेदकले थप १० कित्ता गरि ४६० कित्ताको दरले शेयर प्राप्त गरे कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ ।
कम्पनीले निष्काशन गरेको कुल शेयर मध्ये ४० प्रतिशत अर्थात ३ लाख ९६ हजार कित्ता शेयर अति प्रभावित क्षेत्रका बासिन्दाका लागि र ५ लाख ९४ हजार कित्ता आयोजनाबाट प्रभावित स्थानीयका लागि गरि कूल ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा न्युनतम ५० कित्ता देखि ४ हजार ९०० कित्ता सम्म आवेदन गर्ने व्यवस्था रहेको थियो ।

प्रतिकृया

Add