Hamro-Mobile-APP

ट्याक्टर दुर्घटनामा एक गम्भिर घाइते

 बुधबार, पुस १८, २०७५ | onlinenews

रामेछाप जिल्लाको मन्थलीस्थित थापाचोकमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । मन्थलीबाट सेलेघाट जादै गरेको ना ५ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रामेछाप नगरपालिका–९ ल्याङल्याङका रोमबहादुर शाही गम्भीर घाइते भएका छन् ।
गुडिरहेको ट्याक्टरबाट ओर्लिने क्रममा आफै सवार ट्याक्टरले ठक्कर दिएपछि शाही गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
घाइते शाहीको तामाकोसी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।
प्रहरीका अनुसार घाइतेको अवस्था चिन्ताजनक रहेको छ । घटना लगतै प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर चालक एकबहादुर श्रेष्ठमाथि अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ ।

प्रतिकृया

Add