कम्युनिष्टको झण्डामुनी बसेर कम्युनिष्ट विरोधी गतिविधि गर्ने मुर्दावाद: पौडेल
बुधबार, माघ ७, २०७७
रामेछाप- जिल्लाको दोरम्बा गाउँपालिका–६ रिष्ठेमा दुईदिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
आँखा, नाक, कान र घाँटीमा समस्या भएका विरामीहरुलाई लक्षित गरि स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
रिष्ठेमा रहेको सामुदायिक स्वास्थ्य इकाइको आयोजना तथा विपी नेत्र प्रतिष्ठान मनहराको सहयोगमा दुई दिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको दोरम्बा गाउँपालिका–६ का अध्यक्ष तथा दोरम्बा गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसाद गजुरेलले जानकारी दिए ।
शिविरमा ४ सय ५६ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । जसमा ४ सय जनाले ओपिडी सेवा लिएका छन् भने ४८ जनाको मोतियाविन्दुको अपरेशन र ८ जनाको कानको अपरेशन गरिएको वडा अध्यक्ष तथा प्रवक्ता गजुरेलले बताए ।