Hamro-Mobile-APP

जगदिश स्मृति पुरस्कार रोचक घिमिरेलाई

 शनिबार, पुस २१, २०७५ | onlinenews

रामेछाप– बरिष्ठ काहित्यकार, पत्रकार तथा समाजसेवि जगदिश घिमिरे स्मृति प्रतिष्ठानले स्थापना गरेको जगदिश स्मृति पुरस्कार साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ ।
स्वर्गीय जगदिश घिमिरेको स्मृतिमा शनिबार मन्थलीमा आयोजना गरिएको पाँचौ साहित्यिक सभाको अवसरमा रोचक घिमिरेलाई जनदिश स्मृति पुरस्कार प्रदान गरिएको हो ।
नेपाली भाषा, साहित्य र साहित्यक पत्रकारिताको क्षेत्रमा रहि विगत छ दशकदेखि नेपाली वाङ्मयको श्रीबृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै रोचकलाई जगदिश स्मृति पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार राशी ५१ हजार नगद र प्रसंसा पत्र रहेको थियो । सोही कार्यक्रमकाबीच नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित जगदिश घिमिरेका प्रतिनिधि कथाहरु नामक पुस्तकको पनि बिमोचित गरिएको छ ।
साहित्यकार महेश प्रसाईद्धारा सम्पादीत पुस्तकको बिमोचन मन्थली नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि रमेशकुमार बस्नेतले गरेका हुन् ।

कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरका स्रस्टाहरुले रचना प्रस्तुत गरेका थिए । आफ्ना रचना प्रस्तुत गर्दै अधिकांस सर्जगहरुले ३ लालको जिल्ला भनेर चिनिने रामेछाप जिल्लामा जगदिश घिमिरेको नाम थपेर ४ लालको जिल्ला घोषणा गर्नुपर्ने माग गरे ।
कार्यक्रमलाई संबोधन गर्दै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जगदिश घिमिरेलाई चौथो लालको रुपमा चिनाउन आपूmले सकेको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कला र साहित्यको क्षेत्रमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउँदै यस्ता समारोहमा बाचन गरिएका सबै खालका रचनाहरुलाई संकलन गरि पुस्तकको रुपमा प्रकाशन गर्नका लागि आवश्यक सहयोग गर्ने पनि बस्नेतले बताए ।

प्रतिकृया

Add