Hamro-Mobile-APP

जिल्ला कारागार रामेछापका ६८ कैदीले दिए रक्तदान

 शनिबार, पुस २१, २०७५ | onlinenews

रामेछाप– जिल्ला कारागार रामेछापका ६८ कैदीबन्दीहरुले रक्तदान गरेका छन् । व्रजमोहन सुभद्रादेवी स्मृति प्रतिष्ठान सालु रामेछापले आयोजनामा गरेको रक्तदान कार्यक्रममा कारागारमा रहेका कैदीबन्दीले रक्तदान गरेका हुन् ।
रक्तदान पछि खुसी हुँदै विगत ९ बर्ष देखि कैद भुक्तान गरिरहेका नुवाकोटका बसन्त थापाले भने, ‘हामी पनि अरु मान्छे जस्तै हौँ, हामी पनि सामाजिक सेवा गर्न सक्छौँ । हाम्रो रगतले कसैको ज्यान बाँच्छ भने हामी अझै पनि रक्तदान गर्न तयार छौँ थापाले भने ।
कैदीबन्दीसँगै ४२ जना सर्वसाधरणले पनि रक्तदान गरेको छन् । प्रतिठानले रक्तदानसँगै गरेको निःशूल्क स्वास्थ्य शिविरबाट तीन सय जनाले सेवा लिएका छन् ।
प्रतष्ठानले विगत १० बर्ष देखि शिक्षा, स्वास्थय लगायतका क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष गोविन्दप्रसाद काफ्लेले बताए ।

प्रतिकृया

Add