Hamro-Mobile-APP

३ हजारले अवलोकन गरे उमाकुण्ड महोत्सव

 सोमवार, पुस २३, २०७५ | onlinenews

रामेछाप–रामेछापको उमाकुण्ड गाउँपालिकामा आयोजना गरिएको एकहप्ते कृषि महोत्सव सम्पन्न भएको छ ।
उमाकुण्ड–७ भुजीमा आयोजन गरिएको महोत्सवमा रामेछाप, दोलखा, ओखलढुङ्गा लगायतका जिल्लाबाट तीन हजार जना भन्दा बढीले अवलोकन गरेका छन् ।
महोत्सवमा ३५ वटा स्टलमा एक सय भन्दा बढी स्थानीय स्तरमै उत्पादन भएका कृषि उपजहरु राखिएको थियो ।
महोत्सवको समापन कार्यक्रमलाई संवोधन गर्दै रामेछाप प्रदेशसभा ‘क’ का संसाद शान्तिप्रसाद पौडेलले स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजलाई प्रदेश सरकारले सहज रुपमा बिक्री गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका छन् ।


हाम्रो गाउँमा सहजै उत्पादन हुने गुन्द्रुक समेत चिनबाट आयत गर्नुपर्ने अवस्था रहेको भन्दै यो लाजमर्दाे कुरा भएको बताए ।
बाहिरबाट हुने आयतलाई रोक्नको लागि नेपाली कृषकले ब्यवसायिक कृषक खेती गरि उत्पादन बढाउनु पर्ने बताए ।
रामेछाप जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन प्रदेश स्तरको कृषि कार्यक्रम ल्याउन आपूmले पहल गर्ने पनि सांसद पौडेलले बताए ।


किसानमा कृषि चेतनाको विकास तथा उत्प्रेरणा गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन गरिएको महोत्सवले किसानहरुलाई प्रत्यक्ष फाइदा पुगेको आयोजक राजेश पशुपालन विकास फार्मका सञ्चालक तथा महोत्सव आयोजक समितिका संयोजक राजेश बराइलीलले बताए ।
महोत्सवले गाउँपालिकाका किसानहरुलाई कृषि क्षेत्रमा लाग्न प्रेरित गरेको संयोजक बराइलीको भनाइ छ । कार्यक्रममा राष्ट्रिय कलाकार सितल के.सी, लोक गायक साजन घताने, बाँसुरी बादक महेश रसाइली, ¥यापर शरह पराजुली लगायत कलाकारले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
महोत्सव राजेश पशुपालन विकास फार्म भुजी र अन्जना कृषि तथा पशुपालन फार्म काठमाडांैले आयोजना गरेको महोत्वसमा उमाकुण्ड गाउँपालिकाले प्रायोजन गरेको थियो ।

प्रतिकृया

Add