Hamro-Mobile-APP

मन्त्रीद्धारा सचिव कुटिएको विषयमा छानबिन गर्न समिति गठन

 आइतवार, पुस २९, २०७५ | onlinenews

प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग बन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटेको विषयमा छानविन गर्न  सरकारले छानविन समिति गठन गरेको छ ।
आइतबार आर्थिक मामिला तथा योजनामन्त्री यादवले सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए ।
मन्त्रीले सचिव कुटेको समाचार सार्वजनिक भए लगत्तै बसेको मन्त्री परिषद बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव सदस्य रहेका छन् ।
छानविन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । आइतबार मुख्यमन्त्री राउतले कुटपीटको घटनाबारे मन्त्री यादव र सचिव झासँग छुट्टाछुट्टै जानकारी समेत लिएका थिए ।

प्रतिकृया

Add