भारतको इशारामा खड्ग प्रसादले खड्ग प्रयोग गरेर संविधान काटेः नेता पोखरेल
बुधबार, माघ ७, २०७७
बुटवल– नेपाली काँग्रेसको अवरोधका कारण प्रदेश ५ को प्रदेशसभा बैठक स्थगितत भएको छ । अनशनरत डा.गोविन्द केसीको माग पुरा गर्नुपर्ने र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने लगायतका माग राख्दै काँग्रेसले अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
काँग्रेसको विरोधपछि प्रदेशसभाको बैठक माघ २२ गतेसम्मका लागि स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए ।
डा.केसीसँग भएको सहमतिलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै काँग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि विरोध जनाउँदै आएको छ ।